विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन गर्ने बताएका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आयोजित कार्यक्रममा उहाँले विपद् व्यवस्थापनमा विगतका सरकारले ठोस ढङ्गले पूर्वतयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको चर्चा गरे ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणको काम जेनतेन ढङ्गले नभई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नीति, संरचना र योजना विपद् जोखिम न्यूनीकरणमैत्री छ भन्दै विकास र समृद्धिको कुरा गर्दा विपद् जोखिमलाई पनि न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ भने ।
‘प्रदेश नं १ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनिसकेको छ र अब नियमावली एवं निर्देशिका बन्ने तयारीमा छौँ ’- उनले भने ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यस प्रदेशमा मानवीय तथा भौतिक क्षति हुन नदिन सरकार सचेत छ भन्दै विपद्लाई राहतमा नबुझ्न आग्रह गरे ।
प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्