मोरङ । एक वर्षको अवधिमा विराटनगर नाकाबाट ११३ जना महिला बेचिन बाट जोगिएका छन् । माइती नेपालले सार्वजनिक गरेको तथ्यांक अनुार यसरी उद्धार गरिएका महिलामा १८ वर्ष माथिका ७८ जना र १८ वर्ष मुनिका ३५ जना रहेका छन् ।
जनवरीमा ५, फेब्रुअरीमा ६, मार्चमा ७, अप्रिलमा ८, मे महिनामा १२, जुनमा ११, जुलाईमा ६ अगष्टमा १२ जनाको उद्दद्धर भएको छ । त्यस्तै सेप्टेम्बर महिनामा १०, अक्टोबरमा ७ नेभेम्बरमा २० डिसेम्बरमा ९ जनाको उद्धार गरिएको संयोजक पोखरेलले बताउनुभयो ।
त्यस्तै जिल्ला गएको तथ्यांकलाई हेर्ने हो भने यसरी बेचबिखन हुनबाट जोगिनेहरुमा सबैभन्दा बढी मोरङकै रहेका छन् । मोरङ जिल्लाका ३८ जनाको उद्धार भएको छ ।
त्यस्तै सुनसरी र झापाका १२-१२ जनाको उद्धार भएको छ । सप्तरीका ९ जना, उदयपुर, सिरहा र धनकुटाका ५–५ जना रहेका छन् ।
भोजपुर र संखुवासभाको ३–३ जनाको उद्दार भएको छ । सोलुखुम्बु, पाँचथरका २–२ जना र तेह्रथुम, इलाम, ताप्लेजुङ, धादिङ, नुवाकोट, खोटाङ, सिन्धुपाल्चोक, काठमाडौं, मकवानपुर, नवलपरासी र कैलालीसम्मका महिनाको विराटनगरको जोगबनी नाकाबाट उद्धार भएको माइती नेपालले जनाएको छ ।
दिल्लीका होटलमा छापा
बेलाबेलामा दिल्ली हुँदै विदेश जाने महिलाहरुको पनि हुँदै आएको छ । दिल्लीका विभिन्न होटलहरुबाट छापा मार्ने क्रममा ७० जनाभन्दा बढी महिलाको केही महिनाभित्र उद्धार भइसकेको छ ।
केही दिन घि मात्र भारतको दिल्लीबाट तेश्रो देश जाँदै गरेका ४० जनालाई दिल्लीबाट उद्धार गरेको थियो । त्यसअघि ३० जनालाई दिल्लीबाट उद्धार गर्ने क्रममा ३ जना मोरङकै रहेका थिए । दोश्रो चरणमा उद्धार भएका ४० जनामा मोरङका कतिछन् खुलेको छैन ।
यस्तै मानव ओसारपसार तथा बेचबिखनसम्बन्धी एक वर्षमा माइती नेपालबाट २ वटा मुद्दा अदालतमा दर्ता गराएको छ ।
जसमा भारतमा घर भएका तथा नेपालको रंगेली ससुरालीमा बस्दै आएका मुजफ्फर मियाँको हकमा अदालतले १० वर्षको कैद र ५० हजार जरिवानाको फैसला सुनाइसकेको संयोजक पोखरेलले बताए । अर्को मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्