JanataToday.com

Advertisment

SKIP THIS

टोलबासी आफैले सिसिटिभि जडान गरे

टोलबासी आफैले सिसिटिभि जडान गरे

बुटवल । प्रदेश नम्बर ५को राजधानी बुटवल सुख्खानगरको श्रवणपथमा टोलबासीले आफ्नै लागतमा ७ वटा सिसिटिभि क्यामेरा जडान गरेर नगरबासि माझ उदाहरणीय बनेका छन् ।

कार्यक्रमको एक समारोह का विच बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले टोलवासिले राम्रो काम गरेको बताउदै विकासलाई निरन्तरता दिन स्थानीय टोलवासिको महत्वपूर्ण भुभिका हुने वताए ।

कार्यक्रमका अन्य वक्ताले पनि प्रगति टोलले उपमहानगरपालिका क्षेत्रमा नमुनाको काम गरेको बताउदै अन्य टोलमा पनि शान्ति सुरक्षाको लागि यस्तैकाम टोलवासि आफैले गर्नुपर्ने बताए ।

प्रगति टोलका अध्यक्ष शम्भु पन्थले टोलवासिको सहयोगमा हाल ७ वटा सिसि टिभि जडान गरिएपनि पछि आवश्यता अनुसार थप्दै जाने बताए । उनले यो टोललाई फ्रि वाईफाई जोनको रूपमा पनि विकास गर्ने बताए ।

हाम्रो ईच्छा सभ्य समाज र सुरक्षा नाराका साथ सुरू गरिएको अभियानमा हाल २ लाखको लगानिमा यो सिसि टिभि क्यामरा जडान गरिएको हो।

यो सिसिटिभिको निगरानी हाल बुटवल श्रवणपथमा रहेको प्रहरी विटवाट गरिने बताईएको छ ।

आधुनिक प्रविधि सगंै बुटवल श्रवणपथवासिले आफै टोलबासिको सक्रियता र सहयोगमा सुरक्षाको लागि यो नयाँ प्रविधिको प्रयोग गरेका छन ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij