बुटवल । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सहकारीहरुलाई आग्रह गरेकी छन् ।
सहकारी आर्थिक विकासको मुख्य आधार भएको भन्दै रोजगारी सिर्जना गर्ने उत्पादनमुलक व्यवसायमा लगानी गर्न उनले सुझाव दिइन ।
बुटवल–१६, स्थित भद्रकाली बहुउद्धेश्यीय सहकारी संस्थाको शनिबार सेमलारमा सम्पन्न २० औ साधारणसभाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले सहकारीसंग मिलेर काम गर्ने योजना बनाएको बताइन ।
कृषि उपपज उत्पादन, पशुपालन लगायतका व्यवसाय सञ्चालन गर्न सहकारीमार्फत काम गरिने उनले बताइन । सहकारी विकास कोषमार्फत जोडिन उनले आग्रह समेत गरिन ।
किसानले उत्पादन गरेका बस्तुहरु बजारमा बिक्री गर्नका लागि सहकारी पसल सञ्चाालन गर्ने प्रदेश सरकारको योजना रहेको भन्दै उनले सहकारीहरुलाई काम थाल्न समेत सुझाव दिइन ।
‘किसानको उत्पादन बिक्री गर्न समस्या छ, उनले भनिन–‘सहकारी पसल र हाट बनाएर सोझै उपभोक्तासम्म पृुराउने योजना बनाइरहेका छौं ।’
व्यवसाय गर्न चाहने किसानहरुलाई करारखेती कार्यक्रम समेत रहेको उनले बताइन । जमिन नभएर व्यवसाय गर्न नसक्नेहरुलाई जमिन व्यवस्था गर्ने योजना सरकारले बताएको उनले बताइन । त्यस कार्यक्रममा सहभागि बन्न उनको सुझाव थियो ।
प्रदेश सरकारले सहकारी नीति निर्माण थालेको भन्दै नया ऐनले अझै सहज रुपमा काम गर्न सक्ने बताइन ।
उत्पादनमुलक क्षेत्रमा काम गर्ने सहकारीलाई करछुटको व्यवस्था समेत रहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले विपन्न समुदायको आर्थिक उत्थानमा सहकारीले महत्वप्रूर्ण भूमिका निभएको बताइन ।
भद्रकाली सहकारीले ठूलो सञ्जाल बनाएर आर्थिक रुपान्तरणमा काम गरेको भन्दै प्रसंसा गरिन् ।
कार्यक्रममा रुपन्देही सहकारी संघका अध्यक्ष भीम तुलाचन, संस्थाका पूर्ण अध्यक्ष गोपाल पौडेल, मोतिपुर खानेपानी समितिका अध्यक्ष लिलबहादुर केसी, सहकारीका अध्यक्ष कृष्ण भुसाल, सहकारीकी उपाध्यक्ष अम्बिका पराजुली, लेखा समिति संयोजक सीता मरासिनी, व्यवस्थापक तुल्सीनाथ पौडेललगायतले बोलेका थिए ।
४ हजार २ सय सदस्ष्य रहेको सहकारीले शेयर सदस्यका लागि पेन्सन योजना, दुर्घटना विमा, २४ घण्टे सेवा ल्याएको छ ।
सो अवसरमा उत्कृष्ठ ऋणि, उत्कृष्ठ बचतकर्ता लगायत बिभिन्न छात्रबृत्ति समेत वितरण गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्