बुटवल । बुटवल उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्षले मनोमानि गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् ।
वडा अध्यक्ष रमेश प्रसाद नेपालले खाने पानिको धारा जडान सिफारिस गर्ने क्रममा बिभेद गर्नुका साथै खानेपानि सेवा प्रदान गर्ने संस्थामा समेत अनावस्यक हस्तक्षेप गरेर वडावासीलाई दुख दिएको आरोप लागेको छ ।
अध्यक्ष नेपालको ज्यादती बिरुद्ध वडावासहरुले वडा विकास सरोकार समितिको गठन गरेर ज्यादती रोक्न माग गरेका छन् ।
वडा विकास सरोकार समितिले वडा कार्यालय परिषरमै पत्रकार सम्मेलन गरी वडा अध्यक्ष नेपाल विरुद्ध आन्दोलनको उद्घोष गरेका हुन् ।
कार्यक्रममा सरोकार समितिका संयोजक टिकाराम शर्माले वडा अध्यक्ष नेपाललाई जन बिरोधी कार्य नगर्न पटक÷पटक आग्रह गर्दा समेत उक्त कार्य रोक्नुको सट्टा झन बढ्दै गएपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
अध्यक्ष नेपालले फुलबारी खानेपानि उपभोक्ता समिति गठन गर्दा उपभोक्ता भेला नगराएको,खानेपानि योजनाका लागि ८०÷२० लागत साझेदारी रहने कुराको उपभोक्ताहरुलाई पुर्व जानकारी नगराएको खानेपानि सम्बन्धि दर रेट कायम गर्दा उपभोक्ताहरुसँग कुनै राय सुझाव नलिएको,मनोमानि ढंगले तोकिएको खाने पानि शुल्क घटाउन माग गर्दा सुनुवाई नगरेको,खाने पानि धारा जडानको सिफारिस लिदा कसैलाई तिन सय दश,कसैलाई पाँच सय दश,कसैलाई एक हजार पाच सय र कसैलाई दुई हजार पाँच सय सम्म दस्तुर लिएको,खानेपानी योजना निर्माणका लागि एक कठ्ठा जग्गा किन्नुपर्ने गरी वजेट विनियोजन भएकोमा सो जग्गा निशुल्क उपलब्ध भए पनि लागत मुल्य नघटाइएको लगायतका १० बुँदे आरोप पत्र वडा विकास सरोकार समितिले पत्रकार सामु पेश गरेको छ ।
कार्यक्रममा वडा विकास सरोकार समितिका सह संयोजक जुद्धबहादुर केसी,सचिव पर्मिला मरासिनी,नेपाली कांग्रेस वडा नं की वडा सभापति धना लामा लगायतले बोल्दै वडा अध्यक्ष नेपालले लोकतन्त्रको मुल्य र मान्यता बिपरित आफुखुसी निर्णय गर्दा आम उपभोक्ता मर्कामा परेको भन्दै जनबिरोधी काम तत्काल बन्द गर्न आग्रह समेत गरे ।
वडा अध्यक्षको मनोमानिको बिरोध गर्नेहरुका घरमै पुगेर धम्क्याउने गरेको भन्दै उनिहरुले लोकतन्त्रमा आफुलाई चित्त नबुझेको कुरा राख्न पाउने अधिकारको सुनिस्चितताकालागि सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराए ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्