सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

बैतडी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।

अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ ।

सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए ।

सरकारले पाँचथरबाट गत मङ्सिर ३ गतेदेखि वितरण शुरु गरिएको परिचयपत्र वितरण चालू आर्थिक वर्षमा सात प्रदेशका १५ जिल्लामा वितरण हुन लागेको हो ।

विभागले यसअघि पाँचथरमा एक लाख १० हजार र सिंहदरबारका सात हजार कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिसकेको छ ।

विभागले चालू आर्थिक वर्षभित्र सात प्रदेशका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने तयारी गरेको हो । रासस

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij