विर्तामोड – झापाको विर्तामोड बजारको सुरक्षाका लागि ६४ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ । ८० लाख ४३ हजार २ सय ७० रुपैयाँ खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो । प्रायः सबै सार्वजनिक स्थलमा सुरक्षाका लागि सिसी टिभी क्यामेरा जडान गरिएको छ ।
यसमा विभिन्न संघसंस्था, नागरिक समाजबाट पनि सहयोग भएको हो । क्यामेरा जडानपछि इलाका प्रहरी कार्यालयलाई निगरानी र मर्मतका लागि जिम्मा दिएको र अब मर्मतका लागि एउटा व्यवस्थापन समिति गठन गरी रकम जुटाएर मर्मत कोष समेत खडा गर्ने समितिका अध्यक्ष सुवास भट्टराईले बताए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले यसअघि नै सिसी टिभी क्यामेरा जडान गर्ने आफ्नो योजनाको रुपमा सार्वजनिक गरेको थियो।
क्यामेरा जडानसँगै बिर्तामोड क्षेत्रको सुरक्षा व्यवस्था बलियो हुने अपेक्षा गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार विर्तामोडका नौ र कनकाई नरगरपालिकाको एक ठाउँमा गरी १० स्थानमा ६४ वटा क्यामरा जडान गरिएको हो ।
प्रकाशित मिति : आइतबार, पुष २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्