सामाजिक सञ्जालबारे खतरनाक तथ्य : किशोरीहरुमा समस्या बढाउँछ

सामाजिक सञ्जालबारे खतरनाक तथ्य : किशोरीहरुमा समस्या बढाउँछ

वासिङ्टन डिसी -सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ ।

आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ ।

लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ ।

अध्ययनका अनुसार झण्डै १४ बर्षको उमेरका किशोरीहरुलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ ।

प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरुको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने, किशोरहरुको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ ।

तुलनात्मक रुपमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ ।

“हामीले एउटा खतरनाक तथ्य फेला पा¥र्यौ, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरुलाई भन्दा छोरीहरुलाई बढी असर गरेको पाइयो,” अध्ययनका प्रमुख लेखक एभन केल्लीले भने ।

यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ । सामाजिक सञ्जालको गर्नेहरुमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ ।
सामाजिक सञ्जाल प्रयोग गर्नेहरु धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ । अध्ययनले अन्य पक्ष पनि देखाएको छ । सामाजिक सञ्जालको प्रयोग गर्नेहरु कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुव्र्यवहारमा पर्ने लगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij