बनेपा । आवश्यक परेका बेलामा कच्चा पदार्थ नपाउने भएपछि वर्षौंदेखि सञ्चालमा रहेको यहाँका नेपाली कागज उद्योग सङ्कटमा परेको छ ।
विसं २०५८ मा दुई जना मिलेर दर्ता गरेर शुरु गरेको फ्रेण्डसीप पेपर उद्योग व्यवसाय कच्चा पदार्थको अभावमा आवश्यक कागज उत्पादन गर्न समस्या भइरहेको सञ्चालक पुरुषोत्तम पौँजुले बताए ।
करीब रु सात लाखमा त्यो बेलामा शुरु गरेको कागज उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ(लोक्ता) हिमाली क्षेत्रमा मात्रै पाइने र त्यहाँबाट ल्याउनलाई समस्या हुने गरेको उनी बताउँछन् । उनका अनुसार एक ट्रक ल्याउँदा दुई तीन वर्षसम्मको लागि पुग्छ ।
एकातिर कच्चा पदार्थको अभाव अर्कोतिर पछिल्लो समयमा बाहिर देशबाट माग कम आएको कारण पनि उद्योग सञ्चालनमा समस्या पर्न थालेको सञ्चालक बताउँछन् ।
उद्योगमा वार्षिक रु दुई÷तीन लाख कमाइ हुन्छ । सो उद्योगमा दिनको तीन कोरी निस्कन्छ । एक कोरीमा दुई २० वटा पत्र हुन्छ ।
बढीमा २० जनासम्म कामदारले काम गर्ने उद्योगमा अहिले पर्याप्त कच्चा पदार्थ नभएकै कारण कामदार कम हुँदै गएको जनाएको छ । अहिले १० जनामात्रै कामदारले काम गरिरहेको छ ।
यहाँ उत्पादन भएको कागज अमेरिकालगायतका देशमा निर्यात हुने सञ्चालक पौँजुले बताउनुभयो ।
अझ अहिले त बाहिरबाट पनि मा नआएको कारण उत्पादन गरेर गोदाम गरी राखेको सञ्चालक बताउँछन् । उद्योगमा उत्पादनको काम घट्न थालेपछि कामदार पनि बस्ने कि जाने भन्ने दोधारमा रहेको बताएका छन् ।
प्रकाशित मिति : बिहिबार, पुष २६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्