JanataToday.com

Advertisment

SKIP THIS

सञ्चारिका समूह लुम्बिनीको पदस्थापन

सञ्चारिका समूह लुम्बिनीको पदस्थापन

बुटवल । सञ्चारिका समूह लुम्बिनीले बिहिबार पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।नव निर्वाचित नयाँ कार्यसमितिलाई एक कार्यक्रमका बिच पदस्थापन गराइएको हो ।

पुस ५ गते बनबाटिकामा सम्पन्न तेस्रो अधिबेशनबाट ३ बर्षे कार्यकालका लागि निरु गौतमको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिती सर्बसम्मत चयन गरीएको थियो ।

सञ्चारिका समूह लुम्बिनीका निवर्तमान अध्यक्ष अमृता अनमोलले नव नियुक्त कार्यसमितिलाई पद हस्तान्तरण गराएकी हुन् ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रदेश ५ पत्रकार महासंघ उपाध्यक्ष केसीले महिला पत्रकारिताको क्षेत्रमा सञ्चारिका समूहले खेलेको योगदानको चर्चा गर्दै सञ्चारिका समूहका कतिपय सदस्यहरु राष्ट्रिय स्तरका मिडियाहरुमा आवद्ध रहेको र यसले रुपन्देहीको पत्रकारीतालाई नै गौरबमय बनाएको बताए ।

उनले रुपन्देहीका महिला पत्रकारहरु बिभिन्न माथिल्लो स्थानमा पुग्नु तथा बिभिन्न अन्तराष्ट्रि स्तरका पुरस्कार पाउनुमा पनि सञ्चारीका समुहको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसीले रुपन्देहीको पत्रकारितालाई निकै महत्वकासाथ हेरिएको बताएका छन् । उनले पत्रकारिता क्षेत्रमा अवसर सँगसँगै विभिन्न चुनौतिहरु भएकोले अहिलेको समयमा सबै पत्रकारहरु एकजुट हुर्ने पर्ने समय आएको भन्दै रुपन्देहीको पत्रकारिता अन्य क्षेत्रको तुलनामा उत्कृष्ट भएको उल्लेख गरेका थिए ।

उनले रुपन्देहीमा महिलाको लागी बिकास पत्रकार महासंघ र सञ्चारीका समूहका ब्यीक्तहरुले लेख्ने फिचरले बास्तबीकतालाई उजागर गर्नमा महत्व दिएको बताए ।

त्यस्तै संस्थाका सल्लाहकार इन्दिरा अर्यालले सञ्चारिका समूहले पछिल्लो समयमा रुपन्देही जील्लामा गुणात्मक रुपमा महिला पत्रकार बृद्धि गरेको बताउदै यो समूह यहाँ आउनमा धेरै संघर्ष झेलेको बताईन । उनले महिलाहरु अविवाहित छदा सम्म मात्र पत्रकारिता गर्ने, बच्चा नपाउँदा सम्म मात्र पत्रकारिता गर्छन भन्ने भर्म अहिले पूरा मात्रामा हटेको बताईन् ।

क्रियाशिल महिला पत्रकार रुपन्देही अध्यक्ष भगवती पाण्डेले अहिले रुपन्देहीका धेरै महिला पत्रकारहरु केन्द्रिय मिडियामा समेत काम गरिरहेको र यसलाई अझ निरन्तरता दिनुपर्ने र गुणात्मक तरिकाले यो संख्या बडिरहेको बताईन । उनले क्रियाशिल महिला पत्रकार संस्था र सञ्चारिका समूह प्रतिष्पर्धि नभई सहकार्यका रुपमा अघि बढ्ने बताईन् ।

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार दुर्गा पौडेलले महिला पत्रकारको ठुलो जमात तयार भएको र यसलाई अझ निरन्तरता दिनुपर्ने बताउदैे संख्यात्मक रुपमा मात्र नभएर गुणात्मकरुपमा महिला पत्रकारको संख्यामा बृद्धि गर्नुपर्ने कुरामा जोड दिईन् ।

साथै कार्यक्रममा निवर्तमान अध्यक्ष अमृता अनमोलले विभिन्न चुनौतिका बिच सञ्चारिका समूहको यो अवस्थामा आइपुगेको र यसलाई अझ उत्कृष्ट तरिकाले नवनिर्वाचित समूहले अघि बढाउने आशा र शुवेच्छा व्यक्त गर्देै सफल कार्यकालको शुभकामना दिईन ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष निरु गौतमले महिला पत्रकारको अझ क्षमता बढाउने र सञ्चार माध्यममा टिकाइराख्नको लागि विभिन्न किसिमका योजना र कार्यक्रममलाई अघि ल्याई काम गर्ने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा क्रियाशिल र अग्रज पत्रकारको उपस्थिति रहेको थियो ।नयाँ कार्यसमितिको अध्यक्षमा गौतम तथा उपाध्यक्षमा मिना पौडेल सचिवमा अस्मिना पाण्डे, कोषाध्यक्षमा विन्दु थापा, सदस्यहरुमा पूजा पन्थी, छायाँ पन्थ, फुलु सुनार, सञ्जु पौडेल, इन्दिरा भण्डारि, सरिना मरासिनी, अम्बिका परियार र शारदा शाही ठकुरी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : बिहिबार, पुष २६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij