बुटवल । तेस्रो मेगा एजुकेश फेयर शुक्रबार देखि बुटवलमा शुरु शुँदैछ । बुटवल स्थित सिद्घार्थ कटेजमा यहि फाल्गुन ३ र ४ गते यो मेला आयोजना हुँदैछ ।
हालको परिवर्तन भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको आयोजक संस्था वानअप प्रा लि का प्रबन्धक भोला पोखरेलले बताए ।
।
उत्कृष्ट कलेज र युनिभरसिटि तथा कन्सल्टेन्सिहरु गरि १५ वटा भन्दा बढी संस्थाहरु सहभागी हुने यस मेला, नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त रहेका छन् ।
यस मेलामा विभिन्न कलेज तथा युनिभरसिटिका प्रतिनिधिहरुबाट छात्रबृती समबन्धी जानकारी, आइएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिल्लिङलाई प्रमुखताका साथ जानकारी गराइनेछ।
प्रस्तुतकर्ता आइडिपि एजुकेशन नेपाल रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउनको साथै आइडिपि एजुकेशन नेपालले आयोजना गर्ने आईडिपि आएल्स मास्टरक्लासमा सहभागी हुन सक्नेछन् ।
फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर र दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएने छ । फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् भने प्रथम ५०० आगन्तुकले आकर्षक उपहार र द्वारिका उदय सीनेमाकोे टीकेट प्राप्त गर्नेछन्।
यस एजुकेशन फेयरको टाइटल स्पोन्सर स्टडि वल्ड रहेको छ । फेयरको इन अशोसिएसनवीथमा ग्रेस इन्टरनेशनल, मेन स्पोन्सरमा युनिक्याम्पस ग्लोबल , पावर्डबाईमा कंगारू एजुकेसन, सपोर्टेडबाइमा राइटपाथ, प्लाटिनम स्पोन्सरमा ग्लोबलरिच, डाईमण्ड स्पोन्सर्समा एजुकेसनपार्क, गोल्ड स्पोन्सरमा बौद्घ अव्रोड एजुकेसन, सिल्भर स्पोन्सरमा स्टडि एक्सप्रेस, ब्रन्ज स्पोन्सरमा इप्लानेट र स्पोन्सर्समा इन्लाइटन इन्टरनेशनल, विन इन्टरनेशनल र एइ ग्लोबल रहेका छन ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्