मुख्यमन्त्री रनिङ शिल्डको उपाधि रुकुम पश्चिम र कालिकोटलाई

मुख्यमन्त्री रनिङ शिल्डको उपाधि रुकुम पश्चिम र कालिकोटलाई

सुर्खेत । कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालिकोटले जितेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा प्रतियोगितामा पुरुष तर्फ रुकुमपश्चिम र महिलातर्फ कालिकोटले उपाधि हात पारेका हुन । फाइनल खेलमा पुरुषतर्फ रुकुम पश्चिमले सल्यानलाई ३–० ले पराजित गरेको हो । प्रतियोगितामा पुरुषतर्फ सल्यान उपविजेता र सुर्खेत तेस्रो बनेको छ ।

यस्तै महिलातर्फ कालिकोटले रुकुम पश्चिमलाई ३–० ले हराउँदै उपाधि जितेको हो । महिलातर्फ दैलेख तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुने महिला पुरुर्ष तर्फ एक÷एक लाख, दोस्रो हुनेले ७५÷७५ हजार र तृतीय हुनेले ५०÷५० हजार रुपैँया प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा पुरुषतर्फ रुकुमका डायमण खड्का र महिलातर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बनेका छन् ।

पहिलो पटक फागुन एक १ गतेदेखि सुरु भएको मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगितामा कर्णाली प्रदेशका दशै वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij