JanataToday.com

Advertisment

SKIP THIS

इन्द्रेणिले अब बचतसँगै बहुउद्देश्यीय कार्य गर्ने

इन्द्रेणिले अब बचतसँगै बहुउद्देश्यीय कार्य गर्ने

बुटवल । बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणि बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्य कार्य गर्ने भएको छ ।

विगतमा बचत तथा ऋण लगायतका कार्यक्रम गर्दै आएको सहकारीले अव कृषि तथा कृषिजन्य उत्पादन, नर्सरी, सेवा कार्यालय विस्तार, लघुवित्त कार्यक्षेत्रसँगै रेमिटान्सका कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडि बढाउने भएको हो ।

सहकारीले आफ्नो उद्देश्य अनुसार बचत मात्र नभई शेयर सदस्यका लागि आयआर्जनसँग जोडिने र उनीहरुलाई अब्यस्त बनाउने कार्यक्रम ल्याउन लागेको छ ।

सहकारीले सहकारीमा संकलन भएको पुँजीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने योजनाका साथमा उद्देश्य अनुसारको कार्य गर्न थालेको अध्यक्ष मित्रबहादुर शाक्यले बताए ।

सहकारीको रुपन्देहीको छपियामा शनिबार बसेको संयुक्त बैठकले सहकारीले आफै नर्सरी संचालन गर्ने, सेवा कार्यालयहरुलाई विस्तार तथा प्रभावकारी बनाउनेसँगै लघुवित्त र लघुउद्यमलाई विस्तारसँगै प्रभावकारी बनाउने खाका तयार गरेको अध्यक्ष शाक्यले जानकारी दिए ।

संयुक्त बैठकमा संरक्षक बाबुराम राना, भुपालकुमार श्रेष्ठ, उपाध्यक्ष धुर्वकुमार धिताल, मुल्यांकन समिति संयोजक उदयराज भण्डारी, लेखा संयोजक सुरेन्द्र मुनि शाक्य, सचिव नेत्रलाल अर्याल लगायतले सहकारीले बचत मात्र नभएर अव उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिए।

सो अवसरमा संस्थाको शेयरपुँजी ५ करोड १४ लाख ४० हजार, संस्थाको कोष १ करोड ५५ लाख १२ हजार र निक्षेप २८ करोड ८५ लाख ३ हजार रहेको कोषाध्यक्ष दलबहादुर थापाले बताए ।

यसैबीच संस्थाले चैत ९ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसमा विभिन्न सप्ताहब्यापी रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउने भएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij