पाँचथर– ‘हिउँ परिरहेको थियो। चिसो अत्याधिक बढिरहेको थियो। घाँस काट्न गएका थियौं। रुखको फेदमा आगो तापेर बसिरहेका थियौँ। उताबाट हेलिकप्टर आयो। उठेर हेर्दै थियौं। पहरामा गएर गर्लम्म ठोकियो। एउटा पङ्खा उछिट्टिएर कृष्ण भिरतीर गयो। अनी धुँवा निस्क्यो, आगो लाग्न थाल्यो’ ताप्लेजुङ मायम घरभएका दुर्घटनाका प्रत्यक्षदर्शी सुकवीर भटराईले हेलिकप्टर दुर्घटना दृष्यलाई यसरी सुनाए।
उनका अनुसार हेलिकप्टर ठोकिएको ठाउँ सिधा हिँड्दा एक किलोमिटर टाढामात्र थियो। उनले आँखै अघि भएको त्यस्तो घटना सपना जस्तो लागेको बताए। ‘कुहिरोले मौसम घुम्म हुन लागेको थियो। १२ बजेर ४५ मिनेट गएको थियो। हिउँ पनी पर्दै थियो। नजिकैबाट गएको हेलिकप्टर ठोकियो। हामी तर्सियौं। सातो गयो। हतार हतार फोन झिकेर जिल्लाको ठानामा फोन गरे। ठुलो फेदीमा रहेको आफ्नै होटल र पुलिसलाई फोन गरे। सत्यनाश भइसकेको थियो। ठुलामान्छेहरु रहेछन्। आँखै अघि त्यस्तो भएको सपना जस्तो लाग्यो’ उनले भने।
घटनास्थल पुग्दा आगो लागिरहेको त्यहाँ पुगेका स्थानीयले बताए। माथिल्लो फेदीबाट पुगेका स्थानीय घनश्याम पौडेलका अनुसार घटनास्थलमा आगो लागिसकेको अवस्था थियो। उनले हेलिकप्टर भिरमा ठोकिएर दुर्घटनामा परेको हुन सक्ने बताए। ‘प्रहरी र हामीसँगै पुग्या थियौं। हामीलाई एक घण्टा लाग्यो ’ उनले भने ‘यस्तो हृदयविदारक घटना कहिल्यै देखेको थिएन।’ भौगोलिक रुपमा निकै कठिन ठाउँमा घटना भएको थाहा पाएर पुग्दा त्यहाँको अवस्थाले भावविह्वल बनाएको उनले बताए।
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्