देवदह । देवदहमा भाेली (शुक्रबार) देखि पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सव लाग्ने भएको छ । देवदह उद्योग बाणिज्य संघको आयोजनामा विहीबारदेखि लाग्न थालेको मेला मौसम प्रतिकुलका कारण एक दिन धकेलिएर शुक्रबारदेखि लाग्न थालेको हो ।
‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलामा स्थानीय उत्पादन, गर्मेन्ट, हस्तकाला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादन, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने मेला आयोजक मुल समितिका संयोजक गोपालप्रसाद ढकालले जानकारी दिए ।
मेलामा बुद्धको स्टेचु र अग्लो खुकुरी, कृषकका लागि निशुल्क माटो परिक्षण समेत मेलाका आकर्षक रहने छन् । कृषि र पर्यटनलाई प्राथमिकता दिइएको महोत्सवमा देशका ४५ बढी जिल्लाबाट औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका २ सय ५० बढी स्टलहरु रहने छन् ।
मेलालाई ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजक उद्योग संघले लिएको महासचिव हरि भण्डारीले जानकारी गराए । मेला सम्पन्न गर्नका लागि ६० लाखबढी खर्च हुने अनुमान गरिएको छ ।
आम नागरिकलाई प्रवेशका लागि ५० रुपैया प्रवेश शुल्क राखिएको मेलामा विद्यार्थीका लागि ३० रुपैया निर्धारण गरिएको छ भने समुहमा १० जनाभन्दा बढी मेला हेर्न जानेले मात्र २५ रुपैयामा प्रवेश टिकट पाउने आयोजकले बताएका छन् । यसपालिको मेलामा भने जेष्ठ नागरिक र अपाङगता भएका ब्यक्तिले परिचय पत्रका आधारमा निशुल्क प्रवेश पाउने बताइएको छ ।
मेलामा साँकृतिक कार्यक्रमतर्फ सङ्गीङ र डान्सिङ्ग आईडियल, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगिता, कपल डान्स, अन्तरआमा समुह कला प्रस्तुति लगायतका प्रतिस्प्रर्धा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक तेजु अर्यालले बताए । मेलाको नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधी सभा सदस्य डा. शशाङ्क कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्