काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ हावाहुरी र पानीबाट भएको जनधनको क्षतिको उद्धार र राहतमा लाग्न आह्वान गरेका छन् ।
दुई नम्बर प्रदेशको बारा र पर्सासहितका जिल्लामा आइतबार रातिसम्म हावाहुरीबाट २५ जनाको मृत्यु भएको र चार सयजना घाइते भएको विवरण प्राप्त भएको छ ।
प्रधानमन्त्री ओलीले उद्दार र राहतमा लाग्न देशवासीलाई आह्वान गर्दै हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।ट्वीटमा प्रधानमन्त्रीले भनेका छन्, ‘सोमबार बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा । नाईट भिजनू हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।’
प्रकाशित मिति : सोमबार, चैत्र १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्