वीरगञ्ज, चैत १७ : आइतबार साँझ आएको शक्तिशाली हावाहुरीले बारा र पर्साका विभिन्न भागमा घरहरू भत्काउँदा दर्जनौंको ज्यान गएको छ।
आइतबार मध्यराति पर्साका एसपी रेवती ढकालले दिएको जानकारीअनुसार मृतकको संख्या ३१ पुगिसकेको छ ।
त्यसमध्ये सबैभन्दा बढी बारामा २७ जना र एक जना पर्साका रहेका छन् । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
मृत्यु हुनेमा बालबालिका र महिलाको संख्या धेरै छ।
तीमध्ये धेरैको ज्यान आफ्नै घरले किचेर भएको थियो । कच्का फुसका घर मात्रै नभई कतिपय पक्की घरहरू समेत लडेका छन् । हालैका दशकमा यति शक्तिशाली हावाहुरी तराईमा नआएको स्थानीय वासिन्दाहरू बताउँछन्।
बेड नपाएर भूइँमै पनि विरामीहरूलाई राखिएको छ । वीरगञ्जका स्थानीय एम्बुलेन्सहरूले नपुगेर सीमापारि रक्सौलबाट पनि थप एम्बुलेन्सहरू मगाइएको छ।
अहिलेसम्म दुई जनाको मात्रै नाम खुलेको पर्साका एसपी ढकालले बताए । पहिचान भएका मृतकमा वीरगञ्ज–१८ का सरोज राम र फेटा गाउँपालिकाकी रुनी देवी छन् ।
बाराको फेटा गाउँपालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ । त्यहाँ धेरै घरहरू हावाहुरीले ढलेका छन् ।
घाइतेहरूको वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज हेल्थ केयर र एडभान्स मेडिकेयरमा उपचार भइरहेको छ ।
घाइतेको उपचारका लागि तत्काललाई औषधिको अभाव नभए पनि केही ग्रुपका रगतको भने अभाव रहेको स्थानीय चिकित्सकहरूले बताएका छन् । उनीहरूले आपतकालीन रक्तदानका लागि आग्रह गरेका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्