बुटवल-सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मीमा पहिरोबाट प्रभावितहरुका बारेमा सदनलाई जानकारी गराएका छन् । सदनमा विशेष समय लिएर बोल्दै मन्त्री बरालले आफुले पहिरो प्रभावित क्षेत्रमा पुगेरै राहत र उद्धारका लागि भूमिका निर्वाह गरेको बताए ।
उनले प्रभावितहरुमा महामारीजन्य रोग फैलिने समस्या नरहेको र स्वास्थ्य उपचारका लागि प्रभावित क्षेत्रमै स्वास्थ्यकर्मीहरु खटाइएको जानकारी दिए ।
पहिरोमा ज्यान गुमाएका परिवारका लागि तत्काल प्रदेश सरकारका तर्फबाट १ लाख र संघ सरकारका तर्फबाट १ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने उनले बताए ।
प्रभावितहरुलाई आवासको व्यवस्था गर्नका लागि सरकारले प्रयास गरिरहेको बताउँदै उनले छिटै नै पहिरो प्रभावित क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकारले काम थाल्ने बताए ।
उनले पहिरो प्रभावित र परिवारका सदस्य गुमाएकाहरुमा मानसिक समस्याको संकेत देखिन थालेको भन्दै त्यसतर्फ सरकारको ध्यान जाने बताए ।
पूरा विवरण भिडियोमा हेर्नुस् ।
प्रकाशित मिति : बिहिबार, साउन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्