JanataToday.com

Advertisment

SKIP THIS

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८० प्रतिशतभन्दा धेरै सकियो, भनेकै समयमा हुनेछ परीक्षण उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८० प्रतिशतभन्दा धेरै सकियो, भनेकै समयमा हुनेछ परीक्षण उडान

भैरहवा । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको पूर्वाधार तर्फको सबै काम तोकिएको समय डिसेम्बर ३१ २०१९ भित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

२०२०को तिन महिना भित्रै क्यालिब्रेशन फ्लाईट गर्ने योजना अनुसार काम भैरहेको गौतमबुद्ध बिमानस्थल आयोजना कार्यालयका प्रमुख ईन्जिनियर प्रबेश अधिकारीले बताएका छन् ।

‘आईसिवी वानका कामहरु डिसेम्बर १ सम्म र साथसाथै आईसिबी टुका कामहरु बिद्युतिय र अन्य उपकरण यन्त्रहरु जडान गर्ने काम सम्पन्न गरी २०२०को मार्च भित्र क्यालिब्रेशन फ्लाईट गर्ने गरी अघि बढीरहेका छौ,–अधिकारीले भने ।

क्यालिब्रेशन फ्लाईट भनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सर्टिफाईड गरिने काम हो । क्यालिब्रेशन फ्लाईटका लागी आईसिबी टु अन्तरगतका प्राविधिक कामहरु समेत सम्पन्न हुनु पर्छ ।
आईसिबी टु को कामका लागि थाईल्याण्डको एरोथाई कम्पनीले ठेक्का पाएको छ । आईसिबी टुको लागत करीब ५२ करोड रुपैयाँ रहेको छ ।

यसमा कम्युनिकेशन, नेभिगेशन लगायत विद्युतीय उपकरण, सूचना संयन्त्र जडान गर्ने काम हुनेछ । एरोथाई कम्पनीले आवश्यक उपकरण आयात गरी विमानस्थलमा जडान गर्नेछ ।
उपकरणहरु अमेरिका, युरोप, थाईल्याण्ड र केही भारतबाट समेत आयात हुने आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

‘आवश्यक सबै उपकरणहरु ९० प्रतिशत तयार भैसकेका छन्, यो ल्याएर जडान गर्नका लागी हाम्रा ४ जना ईलोक्ट्रोनिक्स र कम्युनिकेशनका ईन्जिनियरहरु अमेरिकामा तालिममा हुनुहुन्छ । अब अमेरिका र युरोपमा अर्डर अनुसार बनिरहेका उपकरणहरुलाई पानी जहाजमा यहाँ ल्याउने काम बाँकी छ । कम्तिमा सिपिंग भएको मितिले १ महिनामा सामान आए त्यसपछि जडान गर्न खासै समय धेरै नलाग्ने र नोभेम्बर सम्म जडान उपकरण जडान गर्ने लक्ष्य रहेको छ–उनले भने ।

सिपिंग बाहेक पनि केही महत्वपूर्ण तर साना सामानहरु भने हवाईजहाजबाट कार्गो गरी ल्याईने बताईएको छ ।

त्यसै गरी धावनमार्गमा लाईट जडान कार्य पनि छिटै सम्पन्न हुने बताईएको छ । धावनमार्गका लाईटहरु चिनबाट ल्याउने तयारी भैरहेको छ ।

हाल सम्म विमानस्थलको भौतिक प्रगति ८० प्रतिशतभन्दा माथि छ । प्रशासनिक भवनमा अहिले फल्स सिलिंग र मार्बल हाल्ने तथा एसि जडान गर्ने काम भैरहेको छ । टर्मिनल तर्फको भवनको छाना हाल्ने काम भैरहेको छ । आगमन कक्षको प्रथम चरणको छानो हालिसकेको छ ।

के के काम भए ?
विमानस्थलमा हाल सम्म धावनमार्ग, ट्याक्सी वे, एप्रोन लगायतको काम सम्पन्न भैसकेको छ भने प्रशासनिक भवन, टावर, टर्मिनल बिल्डिङमा फिनिसिंङको काम भैरहेको छ ।

निर्माण भएका संरचनामा विद्युतीय उपकरणहरु जडान गर्ने, टर्मिनल बिल्डिङ अगाडि ट्याक्सी पार्क निर्माण, प्रबेश द्वार तथा तारबारको काम, विद्युतको डेडिकेटेड लाईन ल्याउन बाँकी रहेको छ ।
अस्थायी कार्गो भवन पनि तयार भैसकेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेन्ट्रल एसीका लागी डक्ट पाईप जडान गर्ने काम अहिले भैरहेको छ ।

२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्पन्न हुनु पर्ने थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय आपूर्तिकर्ता बिचको आपसी मतभेद, तराई–मधेश आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभाव जस्ता कारणले आयोजना निकै पछि धकेलिदै आएको छ ।

यसअघि २ पटकसम्म म्याद थप गरिएको थियो । पछिल्लो समय तेश्रो पटक निर्माण सम्पन्न हुने समय थप गरी २०१९को डिसेम्बर ३१ सम्म पु¥याईएको हो ।

प्रकाशित मिति : बुधबार, भाद्र २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij