लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेशुमा डा.राजेन्द्र नियुक्त,कृषि तथा पशु पंक्षी सम्बन्धी मिशन कार्यक्रम २०७६ पारित

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेशुमा डा.राजेन्द्र नियुक्त,कृषि तथा पशु पंक्षी सम्बन्धी मिशन कार्यक्रम २०७६ पारित

बुटवल
प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्टमा डा. राजेन्द्र प्रसाद खनाललाई नियुक्त गरेको छ ।
प्रदेश सरकारको सोमवार वसेको बैठकले ११औ तहका डां खनाललाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्त तथा भौतिक पुर्वाधार मन्त्री वैजनाथ चौधरीले बताउनु भयो ।
यस अघि अस्पतालमा कार्यरत मेसु डा. कृष्ण खनाल उम्मेर हदका कारण यही मंसिर १ गते देखि अनिवार्य अवकास लिनु भएको थियो ।
त्यसै गरि सरकारले कानुन मशौदा आयोगका सदस्य खुमाकान्त पौडेल , प्रदेश लोक सेवा आयोगका सदस्य,र सुचना प्रविधी आयोगका सदस्यको पारिश्रमिक तथा सेवा सुविधा दिने निर्णय गरेको मन्त्री चौधरीले बताउनु भयो ।
बैठकले बाँके जिल्लाको जानकी गाउपालिकाको केन्द्र वडा नम्बर ४ वाट परिवर्तन गरि वडा नम्बर ३ को मानपुरमा कायम गर्ने गरि केन्द्रिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा एउटा पर्ने गरि स्माट कृषि गाउँ बनाउने गरि स्वीकृत्त दिने निर्णय गरेको सरकारका प्रवक्ता चौधरीले बताउनु भयो ।
त्यसैगरि प्रदेश सरकारले कृषि तथा पशु पंक्षीमा परिणाम मुखि बनाउनका लागि कृषि तथा पशु पंक्षी सम्बन्धी मिशन कार्यक्रम २०७६ पारित गरेको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij