भैरहवा ।
आन्तरिक राजश्व कार्यालय भैरहवाले आठौ राष्ट्रिय कर दिवसको अवसर पारेर आज यस क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । कार्यालयको कार्यक्षेत्र रुपन्देही र नवलपरासीका धेरै कर तिर्ने करदातालाइ सम्मान गरेको हो । जसमा उन्नती लघु वित्त वित्तिय सस्था, रुपन्देही र मारुती बिजनेश कन्सर्न नवलपरासीलाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय भैरहवाका सूचना अधिकारी खडानन्द खत्रीले बताउनु भयो । कार्यालयले उत्कृष्ट एक जना कर्मचारीलाइ पनि सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालय भैरहवामा कार्यरत नायव सुब्बा प्रेम प्रसाद अर्याललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको खत्रीले जानकारी दिनुभयो ।
मंसिर १ गते देखी सुरु भएको कर सप्ताहका क्रममा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धी सारोकारवालाहरुसंग अन्तरक्रिया, सरसफाई, रक्तदान लगायतका कार्यक्रम गरेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्