बुटवल ।
वर्षभरिमा दिवंगत भएका आफन्तहरूको शिवलोकमा बास होस् भन्ने कामना गर्दै भोली देशभरका शिव मन्दिरहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ। शतबीज छर्न आज राति नै शिव मन्दिरहरुमा जाग्राम बस्न मानिसहरू आउने गर्दछनप्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ
श्रद्धालुहरू बिहान सबेरै उठेर शरीर शुद्धिपछि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ र लावाका साथै मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदोका टुक्राहरू छर्दै शिव मान्दिरमा देवीदेवताका मन्दिरहरू परिक्रमा गर्दछन्। सत्ययुगमा शिवले मृगको रूप धारण गरी जहाँ–जहाँ विचरण गरेका थिए त्यहाँ–त्यहाँ सतबीज छर्ने गरिन्छ। त्यसरी छरेको प्रत्येक सतबीजको गेडाले एक–एक तोला सुन दान गरे जतिको पुण्य मिल्छ भन्ने जनविश्वास रहँदै आएको छ।
छोराछोरी नभएका कसैकसैले आफू मरेपछि शिवलोकमा बास होस् भन्ने कामनाका साथ आफू जीवित छँदै सतबीज छर्न जाने पनि चलन छ। यस क्षेत्रको मुक्तिनाथधाम ,परौहा धाम, सिद्धबाबा ,निलकष्ठ बाबाधाममा श्रद्धालु भक्तजन को भिड हुने गर्दछ ।
प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्