JanataToday.com

Advertisment

SKIP THIS

रोहिणी गाउँपालिकाद्वारा अनुदानमा गँहुको बिउ बितरण

रोहिणी गाउँपालिकाद्वारा अनुदानमा गँहुको बिउ बितरण

धकधई । रोहिणी गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालयले स्थानिय कृषकलाई अनुदानमा गँहुको बिउ बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिका भित्रका कृषकलाई बिउ बितरण गरिएको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान रहेको गँहुको उन्नत जातका बिउहरु एनएल ९७१, अदित्य, भृकुटि लगायतका जातहरु बितरण गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । गाउँपालिकाबाट १० लाख बजेट बिनियोजन गरि र १० लाख कृषकहरुबाट लिएर २० लाख बराबरबको ७ सय ५० बोरा गँहुको बिउ बितरण गरिएको उहाले बताउनुभयो ।
अभिल्लो बर्ष पनि सोही परिमाणमा बिउ बितरण गरेको कार्यालयले आगामी बर्ष देखी बजेट बढाएर बढी बिउ बितरण गर्ने अध्यक्ष यादवले बताउनुभयो । “अहिले पनि यो बिउ प्रयाप्त हैन तर कृषकलाई थोरै भए पनि राहत दिने उद्देश्यले बितरण गरेका छौं । आगामी बर्ष देखी बजेट बढाएर अलि धेरै बितरण गर्ने तयारी गर्दैछौ ।” यादवले भन्नुभयो ।
गाउँपालिकाको कार्यालयले गँहुको बिउ मात्र नभई बरसीन, च्याउ लगायतको बिउ पनि मौषम अनुसार बितरण गर्ने गरेको छ । कृषि शाखाले दिएको जानकारी अनुसार कृषकहरुलाई बिउ बिजन मात्र नभई समय समयमा आधुनिक कृषि, बेमौषमी तरकारी खेती लगायतका बारेमा तालीम समेत प्रदान गरिदै आएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij