पत्रकार केसीलाई औद्योगिक पत्रकारिता पुरस्कार


आइतवार, मंसिर १५, २०७६

पत्रकार केसीलाई औद्योगिक पत्रकारिता पुरस्कार

बुटवल,
पत्रकार नरेश केसी उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा प्रदान गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट उहा पुरस्कृत हुनुभएको हो । उहालाई आइतबार उद्योग संघको स्थापना दिवसका अवसरमा प्रदेशका उद्योगमन्त्री गिरीले पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशी नगद रु ३५ हजार ५ सय र कदरपत्र रहेको छ ।
केसी बिगत एक दशकदेखि भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहनुभएको छ । उहा लुम्बिनीखवर अर्धसाप्ताहिकको सम्पादक, दैनिक लुम्बिनी, राष्ट्रिय समाचार समितिो संवाददाता र नेपाल समय अनलाईनको प्रदेश पाँच प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।
पुरस्कार प्रदान गर्दै उद्योगमन्त्री गिरीले उद्योगधन्दाको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएकोमा धन्यवाद दिंदै थप सक्रियताका साथ कलम चलाउन आग्रह गर्नुभयो ।
पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासंघसँग उद्योग संघले गरेको सहकार्यले निरन्तरता पाएकोमा आभार व्यक्त गर्दै उद्योग क्षेत्रको प्रवद्र्धन र विकासमा महासंघ सधै सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । पुरस्कृत भएपछि बोल्दै पत्रकार केसीले उद्योग क्षेत्रमा कलम चलाउन जिम्मेवारी थपिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीले गठन गरेको पुरस्कार मूल्याङकन समितिले गरेको छनोटको आधारमा उहाले पुरस्कार पाउनुभएको हो । रुपन्देही उद्योग संघले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा २०५७ सालमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार स्थापना गरेको हो । उद्योग संघको स्थापना दिवसका अवसरमा पाँचजना उद्योगीलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६ , ३:३४ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology