जनता टुडे /बुटवल
प्रदेश नं। ५ सरकारले यस प्रदेशमा दुईवटा पर्यटन कार्यालय स्थापना गर्नेभएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको रुपन्देहीको सिद्धार्थनगर र बाँकेको कोहलपुरमा पर्यटन कार्यालय स्थापना गरी एक जना उपसचिवको नेतृत्वमा हरेक कार्यालयमा सात जना कर्मचारी रहने व्यवस्था समेत गर्ने निर्णय भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो । मुलुक संघीय संरचनामा गएसंगै यसअघि रहेका पर्यटन कार्यालयहरु बिस्थापित गरिएको थियो । अब यी कार्यालय प्रदेशको पर्यटन मन्त्रालय अन्तरगत संचालन हुनेछन् ।
त्यस्तै यस प्रदेशमा जुनसुकै प्रकृतिको विज्ञापन व्यवसाय गर्ने व्यवसायीलाई करको दायरामा ल्याउने भएको छ । विज्ञापन तथा तत्सम्बन्धी व्यवसायको नियमन गर्न र विज्ञापन सङ्कलन गर्न बनेको नियमावलीलाई स्वीकृत गर्ने निर्णय प्रदेश सरकारले गरको छ । यो नियमावली स्वीकृतसँगै अब प्रदेश सरकारले विज्ञापन व्यवसायमा कर निर्धारण र सङ्कलन गर्न स्थानीय तहलाई बाटो खुला भएको छ । स्थानीय तहले यसबापत सङ्कलन गरेको जम्मा करको ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनुपर्ने व्यवस्था रहेको छ ।
यस्तै प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री गिरीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकले बर्दिया जिल्ला अस्पतालको अध्यक्षमा गुलरिया नगरपालिका–६ का अङ्गद श्रेष्ठ र महिला सदस्यमा मोहनकुमारी फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गिरीले जानकारी दिनुभयो । यस्तै पाल्पाको रामपुर अस्पतालको अध्यक्षमा रामपुर नगरपालिका–३ का बासुदेव शर्मा र महिला सदस्यमा ईश्वरीदेवी खनाललाई र तानसेनस्थित तानसेन अस्पतालको अध्यक्षमा तानसेन नगरपालिका–१४ का नेत्रप्रसाद पाण्डे र महिला सदस्यमा तानसेन नगरपालिका–४ की सुशीलादेवी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ । नवलपरासीको पृथ्बीचन्द्र अस्पतालको महिला सदस्यमा सरिता पौडेल नियुक्त हुनुभएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्