JanataToday.com

Advertisment

SKIP THIS

मेला सफल बनाउने राजनीतिक दलहरुको प्रतिवद्धता

मेला सफल बनाउने राजनीतिक दलहरुको प्रतिवद्धता

Print

बुटवल /जनता टुडे

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेला सफल बनाउनकालागि राजनीतिक दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । मेला सचिवालय बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा शुक्रबार बसेको बैठकमा राजनीतिक दलका नेताहरुले सरकारले गर्ने काम नीजि क्षेत्रबाट सञ्चालन हुँदै आएकाले यो मेला यहाँका राजनीतिक दलहरुको समेत गौरवको बिषय भएकाले मेलालाई सफल बनाउनकालागि राजनीतिक दलको तर्फबाट हर तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरका हुन् ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुसका ९ देखि २३ सम्म बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा २० औैं संस्करणको औद्योगिक व्यापार मेला बुटवल सञ्चालन हुँदैछ । मेला सञ्चालनका बिषयमा आयोजना गरिएको बैठकमा बोल्दै नेकपा बुटवल नगर कमिटीका अध्यक्ष बाबुराम पन्थिले मुलुकको अर्थतन्त्रको सुदृणीकरणकालागि औद्योगिक बिकास आवश्यक रहेको र औद्योगिक बिकासकालागि हुने काममा पार्टीको पूर्ण सहयोग रहने बताउनु भयो । उहाँले मेला सञ्चालन गर्ने सन्दर्भमा पार्टीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउँदै त्यस बिचमा पार्टीका तर्फबाट कुनै पनि बन्द हड्तालका कार्यक्रम नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराईले बुटवलमा हुने मेला बुटवलबासीकै गौरव भएकाले मेला सफल बनाउने बिषयमा नेपाली काँग्रेसको तर्फबाट पूर्ण सहयोग रहने बताउनु भयो । उहाँले मेला अवधिमा नेपाली काँग्रेसको तर्फबाट कुनै पनि बन्द हड्तालका कार्यक्रम नहुने बताउँदै अन्य राजनीतिक दलहरुलाई पनि यो कुरामा प्रतिवद्धता व्यक्त गर्न आग्रह गर्नुभयो ।

बैठकमा राजपाका बुटवल नगर अध्यक्ष राजेन्द्र अग्रहरी, राप्रपा प्रजातान्त्रिकका निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तुलसीराम शर्मा, राप्रकाका ईशाद आलम मियाँ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हरिसुन्दर बासी, नेकपा मालेका भरत पराजुल, नेकपा क्रान्तिकारीका मानबहादुर कुवँर, नेकपा सचिवालय सदस्य सुदिप न्यौपाने लगायतले मेलालाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

बैठकमा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले उपत्यका बाहिर पहिलो पटक बुटवल उद्योग बाणिज्य संघले बुटवलमा मेला गरेर औद्योगिक प्रवद्र्धनको थालनी गरेको बताउनु भयो । बैठक संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij