JanataToday.com

Advertisment

SKIP THIS

भ्वाईस अफ बुटवल’का फाईनलमा २० जनाले प्रतिस्पर्धा गर्दै

भ्वाईस अफ बुटवल’का फाईनलमा २० जनाले प्रतिस्पर्धा गर्दै

Print

 

बुटवल, ।
बुटवल उद्योग बाणिज्य संघको सञ्चालन हुन लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा सञ्चालन हुने भ्वाईस अफ बुटवलकालागि छनौट चरण सकिएको छ । फाईनल प्रतिस्पर्धाकालागि छनौट चरणमा २० जनालाई छानिएको आधुनिक तथा बिबिध सांस्कृतिक कार्यक्रम व्यबस्थापन उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी गराउनु भयो ।
बुटवलको ‘बटौली बेकरी क्याफे’ मा भएको छनौट चरणबाट रोषन गुरुङ्, विष्णु चापागाई, सिद्धार्थ गैरे, सरोज बस्याल, लिलबहादुर गरौजा, सौगात रिजाल, सुजन परियार, अमर गिरी, सुरेस परियार, अनिसा थापा क्षेत्री, राधिका भुसाललाई छनौट गरिएको छ । त्यस्तैगरी फाईनल प्रतिस्पर्धाकालागि अञ्जली थारु, अस्मिता बुढाथोकी, सर्मिला सेन्चुरी, वर्षा ज्ञवाली, सन्दिप मगर, नविन भट्टराई, गणेश हरिजन, नयन पुन मगर र अस्मिता मगर क्षेत्रीलाई छनौट गरिएको उहाँले जानकारी गराउनु भयो ।
फाईनल राउण्ड १० गतेदेखि सुरु हुनेछ । फाईनल प्रतिस्पर्धामा टप २० बाट निर्णायकको निर्णयका आधारमा ४ जना बाहिरिने छन् । टप १६ बाट भने भोटिङ् राउण्ड सुरु हुनेछ । जसमा ५० प्रतिशत अंग निर्णायकले निर्णय गर्नेछन् भने ५० प्रतिशत अंक भोटिङ्का आधारमा प्राप्त गर्नेछन् ।
गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार ५५५, द्वितीय हुनेलाई ३५ हजार ५५५ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपैंया नगद सहित पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : सोमबार, पुष ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij