फिलिपिन्समा आँधीका कारण सोह्रको मृत्यु

फिलिपिन्समा आँधीका कारण सोह्रको मृत्यु

फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा अवरुद्ध भएको थियो ।मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार बिहानसम्म पनि अवरुद्ध नै रहेको कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको जनाइएको छ ।

खोजी तथा उद्धार कार्यमा संलग्न अधिकारीहरुका अनुसार फिलिपिन्सको मध्य भागमा पर्ने भिसायासमा आएको आँधीबाट अहिलेसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।आँधीका कारण भौतिक संरचनाहरुमा समेत क्षति पुगेको र सडकहरुमा पनि यातायातका लागि बाधा भएको बताइएको छ ।

त्यसैगरी विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै उडान सेवा रद्ध गरिएको विमानस्थलका कर्मचारीहरुले जनाएका छन् ।फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीहरु मध्ये सवैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा ७ हजार ३ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij