बुटवल
प्रदेश ५ मा बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ सरकारले ‘घुम्न जाउँ बर्दिया’ भन्ने नाराका साथमा बर्दियाको ठाकुरद्वारामा हिजोविषेश कार्यक्रम गरेको हो ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण वर्षको ठाकुरद्वारामा उद्घाटन गर्नुभयो । भ्रमण वर्ष उद्घाटन अघि मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिले होटेल एसोसिएशन नेपालगन्जको आयोजनामा नेपालगञ्जमा भएको सांस्कृतिक कार्यक्रममा नयाँ वर्षलाई स्वागत गरेका थिए ।
आज बिहान बाँके राष्ट्रिय निकुञ्जमा मुख्य मन्त्रीसहितले जंगल सफारीको उद्घाटन गर्नुभयो । जंगल सफारी उद्घाटनपछि मुख्यमन्त्री दम्पत्तीले हात्तीसफारी गर्नभयो। खड्कबार हात्तीसारमा मुख्यमन्त्री पोख्रेल र मुख्यमन्त्री पत्नी सांसद सुजिता शाक्यसँगै प्रदेश ५ का उद्योग, पर्यटन मन्त्री लिला गिरी दम्पत्तीले हात्ती सफारी गर्नुभयो।
लगतै मुख्यमन्त्री लगायत प्रदेश सरकारका मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिले बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारा पुगेर भ्रमण वर्षको उद्घाटन गर्नुभयो।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कृषिको व्यवसायीकरण र आधुनिकरण गर्दै भविष्यमा पर्यटनलाई प्रदेशको समृद्धिको दीगो माध्यम बनाइने बताउनभयो । प्रदेश ५ हिमाल, पहाड र तराईका सबै विशेषतासहितको मिनी नेपाल भएको उल्लेख गर्दै उनले पर्यटनलाई उद्योगका रुपमा विकास गर्न नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।
त्यसअघि जंगल सफारी उद्घाटन गर्दै मुख्यमन्त्रीले आन्तरिक र बाह्य पर्यटक भित्रा्उन बाँके राष्ट्रिय निकुञ्ज अब्बल सावित हुने बताउनुभयो । प्रकृति संरक्षणमा विश्वभर चिनिएको बर्दिया निकुञ्जबाट भ्रमण वर्षको शुभारम्भ गर्न पाउँदा खुसी लागेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो ।
प्रदेश सरकारले कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पोख्रेलले त्यसका लागि सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । भ्रमण वर्षको अवधिमा प्रदेशका सबै पर्यटकीय स्थलमा पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्ने योजना बनेको मन्त्री गिरीले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, पुष १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्