JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीका व्यवसायी पर्यटकिय क्षेत्र घलेगाउँ जादै

रुपन्देहीका व्यवसायी पर्यटकिय क्षेत्र घलेगाउँ जादै

बुटवल ।
रुपन्देही व्यापार संघको कार्य समितिको टोली संघको आगामी रणनीतिक कार्ययोजना बनाउनको लागि पर्यटकिय क्षेत्र लम्जुङको घलेगाउँ जाने भएको छ ।
भोली बुटवलबाट घलेगाउँ जाने टोलीमा संघका पूर्व अध्यक्षहरु, सल्लाहाकार, पदाधिकारी, कार्यसमिति सदस्यहरु, शाखाका अध्यक्षहरुसहित करिव ५० जना व्यवसायीहरुको सहभागिता रहने छ ।
संघले यस अघिका गोष्ठिले बनाएको कार्ययोजनामा के कति काम हुन सक्यो वा हुन सकेन त्यसको आन्तरिक रुपमा छलफल गरिने संघका अध्यक्ष यमलाल लोहनीले बताउनुभयो । गोष्ठिबाट आगामी वर्षमा गरिने आर्थिक विकासका लागि विभिन्न योजना तर्जुमा तथा कार्ययोजनामा जिम्मेवारी बाडफाँड पनि गरिने उहाले बताउनुभयो ।
संघको बार्षिक कार्ययोजना तयार गर्ने उद्देश्यले संघको नवनिर्वाचित कार्य समिति तथा सल्लाहाकारहरुको संयुक्त टोली तीन दिने कार्ययोजना कार्यशाला गोष्ठिमा सहभागी हुने संघका महासचिव दया भण्डारीले बताउनुभयो ।
संघले हालसम्म गरेको गतिविधिहरुको समक्षिा गर्दै बर्तमान परिश्थितीमा संघले आफ्ना सदस्यहरुलाई दिने सेवा तथा संघले आगामी कार्यकालमा संस्थागत रुपमा गर्नु पर्ने कामको बारेमा कार्ययोजना सो गोष्ठिले तयार गर्ने महासचिव भण्डारीले जानकारी दिनुभयो ।
जसअन्तर्गत सदस्यहरुको व्यवसायीक क्षमता विकासका लागि कस्ता किसिमका व्यावसायिक तालिम सञ्चालन गर्ने, स्थानिय तथा प्रदेश सरकारसहति राष्ट्रिय तथा स्थानीयस्तरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंगको सहकार्यमा यस क्षेत्रको आर्थिक समृद्धिका कस्ता काम गर्नेलगायतका योजना बनाइने महासचिव भण्डारीले जानकारी दिनुभयो ।
कार्यशालामा संघले आगामी कार्यकालमा संघको आर्थिक विकास, संस्थागत विकास, सामाजिक क्षेत्रमा संघको योजना, व्यावसायिक हकहित र विकासमा निभाउनु पर्ने भूमिकाका विषयमा छलफल गरिने कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिनुभयो ।
यस्तै सामाजिक क्षेत्रमा संस्थाको सहभागितालाई प्रभावकारी बनाउन जनसरोकारका क्षेत्र शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहकार्य अगाडि बढाउने संघको कार्ययोजनामा समेटिएको बताइएको छ संघको संस्थागत विकासका लागि सचिवालयलाई सुविधा सम्पन्न बनाउने, अधिकतम व्यवसायीलाई संघमा समेट्नेलगायतका विषय कार्ययोजनामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा समुहगत छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij