JanataToday.com

Advertisment

SKIP THIS

सैनामैनामा माघी खिचडी महोत्सव हुदैँ

सैनामैनामा माघी खिचडी महोत्सव हुदैँ

 

सैनामैना, जनता टुडे –रुपन्देहीको सैनामैनामा यही पुष २४ गते देखि माघी खिचडी महोत्सव आयोजन हुने भएको छ । थारु काल्याणकारिणी सभा सैनामैना नगर समितिले माघीको पूर्व सन्ध्यामा थारु काल्याणकारिणी सभा सैनामैना नगर समितिले विगतका वर्ष जस्तै यस वर्ष पनि थारु समुदायको महान् पर्व खिचडी पर्व भव्य कार्यक्रमका साथ मनाउन लागिएकोे आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी गराएको छ ।

थारु जातिहरुले नवाँ वर्षका रुपमा मनाउने खिचडी पर्वले थारु जातिहरुको काला संस्कृति संरक्षण एवम् एकआपसमा एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मेला मुल आयोजक समितिका संयोजक दुल बहादुर थारुले बताउनुभयो ।

उहाँले पछिल्लो समय थारु संस्कृति, संस्कार लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै थारु संस्कृति रहे मात्र थारु जाति रहने हुदाँ यस्ता मेला महोत्सवले थारुहरुमा जागरण ल्याउन सहयोग पुग्ने हुनाले कार्यक्रम अयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा थारु सस्कृति झल्किने झुमडा नाच, बडका नाच, लाठी नाच तथा थारु भाषिक् तथा लोक नृत्य लगायतका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद खुशीराम चौधरीले जानकारी गराउनुभयो ।

पुस २४ गते विहान रक्तदान कार्यक्रमसहित सुरु हुने महोत्सवमा दोस्रो दिन सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले महोत्सवको उद्घघटन् गर्ने कार्यक्रम रहेको छ ।  सोही दिन साहित्यिक बाचन, घोघी रेस प्रतियोगिता, टिकुली रेस प्रतियोगिता, महिलाहरु बीच कुर्सी दौड प्रतियोगिता तथा पुरुषहरुका लागि रस्सी तान प्रतियोगिता आयोजना गरिएको सह सचिब हरिराम थारुल जानकारी गराउनु भयो ।। महोत्सवको अन्तिम दिन पौष २६ गते जनचेतना र्याली, थारु लोक नृत्य, जेष्ठ नागरिक सम्मान, अग्रजहरुलाई सम्मान सहित विभिन्न साँस्कृतिक कार्यक्रम सहित प्रदेश पाँचका भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको थारुले जानकारी गराउनु भयो ।

महोत्सवमा राष्ट्रि«य गायक हरिनारायण चौधरी, दिपेन चौधरी, सरगम चौधरी, कल्पाना चौधरी लगायत राष्ट्रिय तथा स्थानिय कालाकारहरुको प्रस्तुति रहने छ , साथै मेलामा थारु भेषभुषा, खानपान, तथा झाँकीको विशेष प्रदर्शन रहने पनि आयोजकले जानकारी गराएको छ ।
“हाम्मन संस्कृति हाम्मन सान संस्कृति बचायनह हाम्मन अभियान भन्ने” मुल नाराका साथ सैनामैना नगरपालिका वडा नं. १० पशुपति माध्यमिक विद्यालयको प्रङ्गणमा यही पुष २४ देखि २६ गते सम्म ३ दिन महोत्सव चल्ने छ ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij