सैनामैना ।
रूपन्देहीको कञ्चन गाउँपालिका–१ मा ११ औँ कञ्चन,गजेडी,दानापुर ताल महोत्सव हुने भएको छ । सिमसारको संरक्षण उद्यमशिलता र पर्यापर्यटनको प्रबद्र्धन भन्ने नारा सहित आन्तरिक तथा बाह्य पर्यटक भि¥याउन लागि महोत्सवको आयोजना गरिएको हो । समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा आउँदो माघ १५ देखी २६ गते सम्म महात्सव संचालन हुनेछ
प्रदेश नम्बर ५ कै नमुना पर्यटकिय स्थल दानापुर तालको विकास र प्रचार प्रसार गर्ने उदेश्यले ताल महोत्सवको आयोजना गर्न लागिएको बनका अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो । वन वन्यजन्तु सिमसार तथा पर्यटकीय क्षेत्रको उत्थानका लागि महोत्सव गर्न लागेको थापाको भनाई छ । कञ्चन गाउँपालिका–१ का वडाध्यक्ष हरिनारायण थारूले गाउँपालिकाले तालको गुरुयोजना बनाउन थालेको बताउनुभयो । सहयोगका लागि स्थानिय सरकार तत्पर रहेको उल्लेख गर्नुभयो ।
महोत्सवमा डुंगा शयर,राष्ट्रिय तथा अन्तराष्ट्रिय वस्तुको पदर्शनी,स्थानिय वस्तु तथा सेवाको प्रदर्शन, काष्ठकला प्रदर्शनी, आकर्षक सेल्फी जोन, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति,बाल उद्यान, अन्तरविद्यालय नृत्य प्रतियोगिता, कृषि व्यापार मेला,कन्चन डान्सिङ आइडल हुने कार्यक्रम संयोजक हेमु थापाले जानकारी दिनुभयो ।
महोत्सवमा खानाका परिकार सहित तालमा डुङ्गा सञ्चालनको ब्यवस्थापन गरिने महोत्सव सञ्चालक श्रीराम तिमिल्सिनाले जानकारी गराउनुभयो । तालमा पाईने माछाका परिकार सहित खाना पकाउने र खाना खाने प्रतिस्पधाको कार्यक्रम समेत राखिएको छ ।
मेलामा सामाजिक अभियान्ता महाविर पुन, सफल ब्यवसायी कर्ण शाक्य र खेलाडीको समेत सहभािगता रहने आयोजकले जनाएको छ । तालको भ्रमणका लागि रुपन्देही सहित आसपासका जिल्लाहरुबाट पर्यटकहरु आउँने गरेका छन् । माघ २६ गते सम्म संचालन हुने मेलाको तयारी तिब्र पारिएको छ ।
प्रकाशित मिति : शनिबार, पुष २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्