JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

बुटवल-  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० दर्शनटोलामा सुबिधा सम्पन्न पाटी प्यालेसले आफ्नो सेवा सुभारम्भ गरेको छ । सोही स्थानका युवा व्यबसायी बिष्णुप्रसाद पौडेलको एकल लगानीमा शान्त तथा पारिवारिक बातावरणमा ‘श्री दर्शन चुल्हो’ पाटी प्यालेस सञ्चालनमा आएको हो । बिदेश तथा स्वदेशमा समेत बिभिन्न पेशा व्यबसायबाट अनुभव लिएर करिव ८० लाख रुपैंया लगानीमा आफ्नै जग्गामा नौलो व्यबसाय सुरु गरेको सञ्चालक पौडेल बताउनु हुन्छ ।
यहि पुसको १ गतेदेखि अनौपचारिक सेवा सुरु गरिएको दर्शन चुल्होको यहि माघको ११ गतेदेखि औपचारिक शुभारम्भ गरिने उहाँले बताउनु भयो । यहि माघको ११ देखि १८ गतेसम्म हुने औपचारिक शुभारम्भमा ग्राहकलाई बिशेष अफर गरिएको छ भने दर्शन चुल्होको स्वाद चाखेर सुधारकालागि सुझाव सल्लाह दिनकालागि पनि सञ्चालक पौडेलले आग्रह गर्नुभएको छ । उक्त पाटी प्यालेसमा तत्काल नेपाल परिकार सहित ग्राहकको चाहना अनुसार लोकल कुखुरा, कडकनाथ (कालो) कुखुरा, लौकाट, टर्की, अस्ट्रिज लगायतका बिभिन्न परिकार उपलब्ध गराईने सञ्चालक पौडेलले बताउनु भयो ।

बिवाह, पाटी तथा औपचारिक अनौपचारिक कार्यक्रमकालागि शान्त र पारिवारिक बातावरणमा सेवा प्रवाह गरिने छ । त्यसकालागि फ्रीवाईफाई सहित वातानुकुलित हल, शुलभ मुल्यमा शुद्ध र गुणस्तरीय परिकार उपलब्ध गराईने उहाँले जानकारी गराउनु भयो । पाटी प्यालेससंगै रहेको जग्गामा आवासीय होटल तथा १ हजार क्षमताको हल, सुविधा सम्मन्न वातानुकुलित कोठा निर्माण गरि सेवा बिस्तार गर्ने लक्ष रहेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : सोमबार, माघ ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij