बुटवल ।
राष्ट्रिय सहकारी महासघको संचालक सदस्यमा रुपन्देहीबाट हालै निर्वीरोध निर्वाचित हुनु भएका रामकृष्ण खाँणलाइ तिलोत्तमा सहकारीले आज सम्मान गरेको छ । सहकारीको भवन शंकरनगरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र सहकारीका अध्यक्ष माधवलाल देवकोटाले संस्थाका सल्लाहकार समेत रहनु भएका खाँणलाइ दोसल्ला ओडाएर सम्मान गर्नु भयो ।
सम्मान कार्यक्रममा बोल्दै पुर्व रक्षा मन्त्री समेत रहनु भएका नेता खाँणले सहकारीको लागनी उत्पादनशील क्षेत्रमा लगाएर शेयर सदस्यहरुलाइ आत्मनिर्भर बनाउनु पर्ने बताउनु भयो । बिषाधि रहित कृषि उत्पादन र हस्तकलाको क्षेत्रमा लगानी गरेर शेयर सदस्यहरुको जीवन स्तर उकास्न नेता खाँणले सहकारीलाइ सुझाव दिनु भयो ।सोही अबसरमा भारतमा हालै सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगीतामा दशबर्ष मुनीको समुहबाट सोर्ण पदक बिजेता अमिसा पोखरेल र शंकरनगर खानेपानी उपभोक्ता समितिको उपाध्यक्षमा निर्वाचित शेयर सदस्य किशोर सुवेदीलाइ पनि सम्मान गरीयो । सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता, उपाध्यक्ष हरी तिवारीको स्वागत, सचिव र्पावती थापको संचालनमा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष यमबहादुर खत्री, सहकारीको सिष्टर सोशाइटी क्लबका अध्यक्ष यादा क्षेत्री लगायतले बोल्दै सहकारीले स्वरोजगार मुलक क्षेत्रमा लगानी गरी आफना शेयर सदस्यलाइ आत्मनिर्भर बनाउने काममा लागेको बताए । ४० करोड बढीको कारोबार रहेको सहकारीमा ३२ सय शेयर सदस्य छन । सहकारीले तिलोत्तमा उद्योग बाणिज्य संघको अयोाजनामा भइरहेको औधोगिक व्यापार मेलामा आफना शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार प्रबद्र्धन गर्ने उद्येस्यले सहकारी अन्तरगतकै सिष्टर सोसाइटी क्लबको स्टल समेत राखेको सहकारीका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शनिबार, माघ ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्