बुटवल
प्रदेश नम्बर ५ को प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङका इन्जिनियर ध्रुव मजगैया नियुक्त हुनु हुने भएको छ् ।
सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङ तुल्सीपूर निवासी इन्जिनियर मजगैयालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारले आगामी बैशाख ४ र ५ गते रुपन्देहीमा गर्ने लगानी सम्मेलनका लागि लगानी सम्मेलन २०७६ को अबधारणा पत्र स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनु भयो ।
त्यस्तैगरी बैठकले प्रदेश जनता आवास कार्यक्रम कार्यान्वयन कार्यबिधि संशोधन गर्न स्वीकृती दिएको छ भने प्रदेश ५ मा सञ्चालन हुने स्वास्थ्यसँग सम्बन्धित सेवाहरुको नियमन गर्न तयार गरिने प्रदेश स्वास्थ्य सेवा ऐन २०७६ बनाउन सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले गर्ने लगानी सम्मेलन सम्पन्न गर्नका लागि मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति,आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीको संयोजकत्वमा प्रचार प्रसार समिति,भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा परियोजना तयारी समिति र उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको प्रवक्ता चौधरीले जानकारी दिनु भयो
प्रकाशित मिति : सोमबार, माघ १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्