JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही लन टेनिस संघको अध्यक्षमा संजय: पुर्वाधारसंगै खेलाडी उत्पादनमा जोड

रुपन्देही लन टेनिस संघको अध्यक्षमा संजय: पुर्वाधारसंगै खेलाडी उत्पादनमा जोड

 

 

बुटवल –रुपन्देही लन टेनिस संघको प्रथम अधिवेशनवाट सन्जय श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । समितिको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेनचुरी निर्वाचित हुनु भएको छ । त्यसैगरि समितिको सदस्यमा अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक दीपक न्यौपानेले बताउनु भयो ।

त्यस अघि संघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा लन टेनिस एशोसियसनका केन्द्रिय महासचिव मनोहरदास मनुले बुटवलमा लन टेनिसका लागि पुर्वाधार उत्कृष्ट रहेको बताउदै नयाँ खेलाडी उत्पादनमा जोड दिनु भयो ।

उहाँले बुटवलमा ६ वटा लन टटेनिसका कोड बनाएपछि अन्तराष्टिृय प्रतियोगिता गर्न पाईने भएकाले त्यसतर्फ ध्यान दिन नेतृत्वलाई आग्रह पनि गर्नु भयो । महासचिव मनुले विद्यालय तहवाट टेनिस खेललाई प्राथमिकतामा राखेर खेलाडी उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो । संघका सल्लाहकार तथा ओलम्पिक कमिटीका सदस्य दीर्घ बहादुर केसी कुमारले लन टेनिस खेलकोलागि पुर्वाधार विकास भएको तर खेलाडी उत्पादनमा हुन नसकेको भनदै खेलाडी उत्पानमा ध्यान दिन आह्वान गर्नु भयो । बुटवल उपमहानगर नगरखेलकुद विकास समितिका संयोजक नन्दु काउचाले नगरमा संचालित सवै खेलकुदका संघ संस्थालाई नगरसमितिमा आवद्ध हुन आह्वान गर्नु भयो ।

संघका अध्यक्ष अशोक गुरुगंको अधयक्षतामा भएको कार्यक्रममा नेपाल जेसीसका पुर्व अध्यक्ष अनुपमान सैजु, देव सिद्ध समाज सुधार समितिका पुर्णानन्द गिरी संघका प्रेस सल्लाहकार दीपक न्यौपाने उपाध्यक्ष मनोज वस्नेत सचिव गोपाल ज्ञवाली लगायतले वोल्नु भएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij