बुटवल – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले प्रशस्त मात्रामा उत्पादन बढाएर स्वदेशमै रोजगारीको सिर्जना गरिनुपर्नेमा जोड दिएका छन् ।
उनले उत्पादन वृद्धिको लागि ठूला ठूला उद्योगको स्थापना गर्न आवश्यक रहेको पनि बताए ।
बुधबार देवदह व्यापार संघले आयोजना गरेको छैठौ राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमो उद्घाटन गर्दै अध्यक्ष तिमिल्सनाले लुम्विनी विकास कोषले लुम्विनीको मात्र भन्दा पनि बुद्धसँग सम्वन्धित ऐहितासिक स्थलहरुको एकीकृत विकास गर्नुपर्नेमा जोड दिए ।
उनले लुम्विनी विकास कोषले गौतम बुद्धको मावलीस्थल देवदह, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम लगायतका स्थलहरुको उत्खनन्, संरक्षण र प्रवर्द्धन गरी आन्तरिक तथा वाह्य पर्यटन भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।
सोही अवसरमा बोल्दै प्रदेश ५ का प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले देवदह पर्यटक, कृषि र उद्योगको सम्भावना बोकेको क्षेत्र भएकोले यसको विकासको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी नेपाली काँग्रेस प्रदेश ५ का सचेतक निर्मला क्षेत्रीले देवदहको विकासको लागि आवश्यक सहयोग गर्न पार्टी प्रतिवद्ध रहेको बताइन् ।
प्रकाशित मिति : बुधबार, माघ १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्