तमु गुरुङ विद्यार्थी छोंज धिं संस्थाको २४ औं स्थापना दिवस

तमु गुरुङ विद्यार्थी छोंज धिं संस्थाको २४ औं स्थापना दिवस

बुटवल
तमु गुरुङ विद्यार्थी छोंज धिं रुपन्देहीले संस्थाको २४ औं स्थापना दिवस बुटवलमा मनाएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल तमु विद्यार्थी छोंज धीं का संस्थापक अध्यक्ष भिम प्रसाद तमुले आफ्नो भाषा,कला संस्कृति संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरणका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए । विदेशी पश्चिमा संस्कार र संस्कृतिको अनुशरण गर्ने परिपाटीले आफ्नो मौलिक कला संस्कृति लोप हुन सक्ने भएकाले आफ्नै भेषभुषा, संस्कृति र रहनसहनमा रमाउन सक्नुपर्ने सुझाव दिए ।कार्यक्रममा नेपाल तमु ९गुरुङ० विद्यार्थी छोंज धीं केन्द्रीय सदस्य सन्जे तमु,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला सचिव ओम प्रकाश तमु,नेपाल तमु ९गुरुङ० विद्यार्थी छोंज धीं प्रदेश–५ प्रमुख युवराज तमु, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कोषाध्यक्ष मन प्रसाद तमुले आआफ्ना भनाई राखेका थिए । तमु ९गुरुङ० विद्यार्थी छोंज धिं रुपन्देहीका अध्यक्ष फोविन्द्र तमुको अध्यक्षतामा भएको कार्यक्रम शेखर गुरुङको सञ्चालन र मुना गुरुङको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रमममा विभिन्न ८ वटा इकाई समिति र दुई नगर समितिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आइतबार, माघ २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij