काठमाडौं ।
कुवेतको मुतलामा बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत भएको आशंका गरिएको छ। अरब टाइम्सले जनाएअनुसार अहिलेसम्म चारजनाको शव निकालिएको छ। खाडलमा पसेका १३ नेपाली र एक भारतीय पसेका नागरिक त्यहीँ पुरिएको बताइएको छ। नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो।
कुवेतले अहिलेसम्म सो दुुर्घटनामा पर्ने कामदारहरुको संख्या सार्वजनिक गरेको छैन। खाडलमा पसेका मजदुरहरुको एकीन संख्या पनि बाहिर आएको छैन। निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना सार्वजनिक भएको हो। उनीहरुका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ६ जना मजदुरको शव खाडलबाट बाहिर निकालेको छ। अन्यको खोजीकार्य भइरहेको छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्