बुटवल- हाम्रो देशबाट दिनहुँ बैदेशिक रोजगारीका लागि बिदेशतिर जाने युवायुवतीको लर्को लाग्ने गरेको छ । काम अर्थात् ब्यवसायमा लगानीको अभाव, दक्षताको अभाव, आम्दानीको स्रोतको पहिचान गर्न नसकनु, स्वदेशमै लगानी गर्दा आम्दानी लिन सकिने भरपर्दो सोचको विकास नहुनु जस्ता कारणले बिदेश जाने युवाको लाइन लाग्ने गरेको पाइएको छ ।
कतिपय युवायुवतीले ब्यवसाय गर्न सकिन्छ भन्ने आत्मविश्वास नहुँदा, ब्यवसाय गर्दा त्यसpबाट लगानी उठाउन सकिन्छ भन्ने भरोसा नमिल्दा र त्यस्तो ब्यवसायमा लगानी गर्ने स्रोतको भर नहुँदा पनि बैदेशिक रोजगारीलाई नै बिकल्प मान्ने गरेका पनि छन् । तर आत्मविश्वासका साथ ब्यवसाय सञ्चालन गर्दा स्वदशेमै पनि स्वरोजगार बन्न सकिरहेको छ ।पर्वत जिल्ला दुर्लुङ ५ मा जन्मिएका कमल घिमिरे (सुनार) जीवनका धेरै उतार चढाव संगै आफ्नो ब्यवसायमा जमेका छन सफल व्यवसायी बन्नेका छन् ।आफूले सुरुवात गरेको विश्व ट्रेड घांटी उद्योगको काममा सफलता पाउँदा निकै खुसीको अनुभूति गर्छन्
त्यसैले त उनी बिहानको झुल्के घामसँगै आफ्नो दैनिकी शुरु गर्न उद्योगमा पुगिसक्छन् ।कहिले अरुलाइ काम सिकाइरहेका हुन्छन त कहिले आफू पनि काम गर्छन । साँझसम्म नै समय दिन्छन् ।बिभिन्न प्रकारका डिजाइन तयार गर्छन । झण्डै तिन वर्ष भयो उनी उद्यमी बनेको । उनले विभिन्न सामग्री बनाउने गरेका छन् । उनलाई उद्यमी मात्र बनाएको छैन । जीविकोपार्जनको भरपर्दो माध्यम पनि बनाएको छ ।विशेषगरी सुनचाँदी सजावटका सामग्री ट्रे, डिब्वा , मङ्गलसूत्र राख्ने र सम्पूर्ण सुनचाँदीको सामान राख्ने सजावटका सामाग्रि पाइन्छ
‘यति कमाउनका लागि नेपालीहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन्’ सुनारले भने, ‘स्वदेशमै बसेर काम गरे पैसा कमाउन त्यति कठिन छैन त्यसमाथि स्थानीय स्तरमै छन् रोजगारीका अवसर ।’
‘परदेशको भूमिमा बगाएको पसिनाको मुल्य बुझ्ने अनि स्वदेशमा त्यही पसिना किन नबगाउने’ ?
सुनारले स्थानीय स्तरमा आफूले मात्र पैसा कमाइरहेका छैनन् । उनले स्थानीयवासीहरुलाई समेत व्यवसायमा आउन प्रेरित गरिरहेका छन् भने आफुले जानेको सीप सिकाइरहेका छन् ।

जन्म पर्वत, कर्म रुपन्देहि
बिगत १४ बर्ष सुनचाँदीको काम गर्ने उनलाई सुनचाँदीको सजावटको लागि चाहिने सामाग्रिको बनाउन काठमान्डौ अर्डर गर्नुपर्दथ्यो। सामान अर्डर गरेपछि एक हप्ता भन्ने तर नपठाउने गर्दा उनीहरूको व्यवहारले उनलाई आजित बनाएको थियो ।उनको मनमा मैले पनि यो काम गर्न सक्छु भन्ने सकरात्मक ईख पैदा भयो । भनिन्छ नि जब मानिसलाइ केहि कुराको केहि काम अठोट लिए गरिन्छ भने त्यो पूरा हुन्छ उनको सवालमा पनि त्यस्तै भयो ,त्यसपछि उनले औजार पसल बाट सामान ल्याई रातरात सजावटको सामाग्रि बनाउन सिक्न थाले .बुटवल ११ मजुवामा विश्व ट्रेड घांटी उद्योग खोले ,तर कोही बेला सामान नपाउँदा भने समस्या भयको उनको भनाई छ । एक काम गर्दै गर्दा अर्को काम पनि सुरु गरेको हुँदा आवश्यक सामग्री कहाँ पाइन्छ थाहा नभयर केहि समय समस्या भोग्नु परेको उनको भोगाइ छ ।
३ वर्षको सिकाइ पछि पनि यो व्यवसायमा अझै सिक्ने क्रममा रहेको छु उनि भन्छन । उनले यसको लागी कुनै तालिम लिएनन मात्र उनले आफ्नो सृजनशीलता लाई प्रयोग गरेर विभिन्न किसिमका सजावटका सामग्री निर्माण गरेका हुन । अहिले उनले सोही उद्योग बाट ३० जनालाई रोजगारी दिएका छन ।सुरुमा भनेको सामाग्रि समयमा नपाएको रिसमा श्रीमती इश्वरी र आफूले दिनरात नभनी मेहनत गरे ।उनी सम्झन्छन सुरुको अवस्थामा सहयोग गर्ने कोही नहुँदा स्थानीय स्तरमा उत्पादन खपत नहुँदा शून्य अवस्थामा सुरु गर्दा केहि समस्या भएको बताएका छन। पर्वत मा उनको जन्म समान्य परिवारमा भयको थियो । आधारभुत शिक्षा प्राप्त गरेका उनी २०५६ शालमा बुटवल आयका थिय उनको उद्योगमा घाटिको आइटम १३,१४ प्रकारको उपलब्ध छ गरगहना राख्ने बक्स लगायत अन्य सामाग्रि हरु ४०।४५ आइटम पाइन्छ।
उनको उद्योगमा पाइने सजावटको डिब्बा दिल्ली ,कलकत्ता पाइन्छ भने ट्रे लगायत अरु सामाग्रि काठमाण्डौ पछि बुटवलमा मात्र उक्त सामान बन्ने गर्दछ ।

२ लाख मै शुरु भयो उद्योग
सधै केहि नयाँ गर्नुपर्छ भन्ने सोंच राख्ने उनको यो सोचलाई परिवारको पूर्णरुपमा साथ र सहयोग मिल्यो । दुई जना बाट काम सुरु गरेका उनले अहिले ३० जनालाई रोजगारी दिएका छन ।पछिल्लो समयमाग बढी भएको र माग अनुसार पुऱ्याउन नसकेको उनको भनाई छ । उनि आफैले सबै उद्योगको व्यवस्थापन गर्छन । मार्केट पनि हेर्छन । उनले सानो कोठा बाट व्यवसाय सुरु गरेका थिए।अहिले भने उनले अहिले आफ्नै घर बनाएका छन करिब २ लाखको लगानी बाट सुरु भएको ब्यबसायमा अहिले करिब ४० लाख बराबरको आम्दानी भएको छ । मासिक बीस हजार कम्पनीको भाडा तिर्ने गर्दछन । सोहि आम्दानि बाट छोराछोरिलाइ पढाएका छन छोरा ले ज्ञानोदयमा कक्षा १० मा पढ्दै छन भने छोरिले स्टप नर्स अध्ययन गर्दैछिन ।

केहि गुनासो
उनको उत्पादित सामाग्रि सुर्खेत , दाङ , तुल्सीपुर , दैलेख , बाँके , बर्दिया , धनगडी लगायत पश्चिमी भेगमा बढी मात्रामा यस सामाग्रीको निर्यात हुन्छ तर बुटवल क्षेत्रमा भने अपेक्षाकृत रुपमा यसले बजार पाउन सकेन उनी थप्छन स्थानीय स्तरमा उत्पादित सामाग्रीलाई स्वीकार गर्न नसकेको हो कि भन्ने कुरा आफूलाई लागेको छ । बुटवल क्षेत्रका व्यबसायीलाइ आफ्नो उत्पादनमा केहि त्रुटि अथवा कमजोरी भए सुधार्ने प्रतिवद्धता पनि जाहेर गरे ।सुनारले यो क्षेत्रमा आफूलेनै प्रचारप्रसार गरेका थिए ,रुपन्देहिका प्रत्यक पसलमा पुगेका थिए ,बाहिरी जिल्लाको लागि भने साथीको माध्यमबाट प्रचार प्रसार गरेका थिए ।
बिगतको सम्झना
विगतमा सुन पेशामा पन्ध्र वर्ष कार्यरत उनी एक्लैले धेरै सामान बनाउने क्षमता थियो। जहिले फरक गर्नुपर्छ भन्ने सोच उनको रहेको छ । केहि कारणले गर्दा उनले सुन पेशा छोडेर न्यू रोडमा बुटवल औजार सप्लायर्स खोलेको समय व्यवस्थापन गर्न नसके पछि उनले औजार पसल छोडी विश्व ट्रेड घांटी उद्योग खोले र अरु महिला दिदीबहिनी लाई रोजगार दिन सक्षम भए । विदेशको बारेमा कहिल्यै नसोचेका उनी नेपालमा नै केहि गर्नु पर्छ भन्ने मान्यता राख्दछन । उनी भन्छन श्रीमती इश्वरीले सबै किसिमको रातदिनको साथ सहयोगको कारण नै आफु सफल भयको नत्र सम्भव थिएन । सुरु गरे पछि नै उनकी श्रीमती साथसाथै खटिएको आर्थिक देखि सबै सहयोग मिलेको उनको भनाइ छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्