कृषि विकास बैंक द्धारा बेलहिया नाकामा सावुन पानिले हात धुने व्यवस्था

कृषि विकास बैंक द्धारा बेलहिया नाकामा सावुन पानिले हात धुने व्यवस्था

बुटवल – कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण बाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको छ । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना उपलब्ध गराएको छ । बैंकको अनुरोधमा यसै बैंकका अशल ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राईटर नफिस अहमदले १ टिपर मिस्कट गिटी तथा बालुवा उपलब्ध गराउनु भएको हो ।

उक्त कार्यक्रममा बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापा ले उक्त सामाग्रिहरु रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्त ज्यू को रोहवरमा ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज (ईन्स्पेक्टर) ईश्वरी अधिकारी लाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा रुपन्देही जिल्लाका प्रहरी उपरिक्षक हेम कुमार थापा, सशत्र प्रहरी उपरिक्षक तेज पोख्रल, साथै उक्त क्षेत्रका सामाजिक अभियान्ता रमेश थापा, बिभिन्न संचार माध्यमबाट उपस्थित संचारकर्मीहरु लगायत बिभिन्न समाजसेवी, स्वयंसेवकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सुरुवात प्रमुख जिल्ला अधिकारी महादेव पन्त र कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापा ले संयुक्त रुपमा सावुन पानिले हात धोएर शुरु गर्नुभएको थियो । यस्तो संबेदनशिल अबस्थामा सिमा नाकामा उक्त किसिमको व्यवस्था नभएकोमा बैंकले यस खालको सहयोग गरेकोमा बेलहिया प्रहरी कार्यालयका ईन्चार्ज (ईन्स्पेक्टर) ईश्वरी अधिकारी लगायत बिभिन्न महानुभावहरुले बैंकको उक्त कार्यको प्रशंसा गर्नु भएको थियो । साथै उक्त क्षेत्रमा कोरोना संक्रमण रोकथामका लागि बैंकले अन्य किसिमका सहयोग गर्नुपर्ने भएमा समेत सहयोग गर्ने प्रतिबद्धता बैंकका निर्देशकले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij