रुपन्देही- बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण तथा जोखिमलाई कम गर्न र नोवल कोरोना भाइरस कोभिड १९बाट संक्रमित भएको आशंका गरिएका ब्यक्तिहरुको सुरक्षित उपचारको गर्न आवस्यक परेको बेला क्वारेन्टाइनमा आइसोलेसनको लागि प्याब्सन रुपन्देहीले मातहतका बिधालयहरु उपलब्ध गराउने भएको छ।
प्याब्सन केन्द्रिय समितिलाई सम्बोधन गर्दै नोवल कोरोना भाइरस(कोभिड १९)को जोखिमलाई मध्यनजर गर्दै रोकथामको लागि नेपाल सरकार,बिज्ञान तथा प्रबिधि मन्त्रालयको अनुरोध पत्र अनुसार आवस्यक परेको बखत क्वारेन्टाइन आइसोलेसनको लागि रुपन्देही जिल्ला अन्तर्गत प्याब्सन सदस्य बिधालयहरुले आ आफ्नो बिधालयहरु उपलब्ध गराउने निजी तथा आवासिय बिधालय संगठन नेपाल (प्याबसन) रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलद्धारा हस्ताक्षरित जानकारी पत्रमा उल्लेख गरिएको छ ।
साथै नोवल कोरोना भाइरसको संक्रमण तथा जोखिमबाट सुरक्षित हुन सम्पुर्ण अभिभावक तथा बिधार्थीहरुलाई घर बाहिर ननिस्कन समेत अध्यक्ष पौडेलले अनुरोध गर्नु भएको छ । अत्यावस्यक कामहरुमा बाहेक घर बाहिर ननिस्कन र जानै पर्ने भए पनि मास्कको प्रयोग गर्न आग्रह गर्दै अध्यक्ष पौडेलले अनुरोध भएको छ । एस.ई.ईं परीक्षा दिने बिधार्थीहरुका लागि नेपाल टेलिभिजनको एनटिभी प्लसबाट बिहान ११ बजे देखि तयारी कक्षा संचालन भईरहेको हुदा बिधार्थीहरुलाई घरमै बसी परीक्षाको तयारी गर्न अध्यक्ष पौडेलले अनुरोध गर्नु घएको छ ।
प्याब्सन रुपन्देही अन्तर्गत ७२ निजी तथा आवासिय बिधाालयहरुमा क्वारेन्टाइन आइसोलेसनको लागि आवस्यक करिब १ हजार कक्षा कोठाहरु रहेका छन ।
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्