काँग्रेस सांसदहरुले कोरोना रोकथाममा १५ दिनको तलव दिने

काँग्रेस सांसदहरुले कोरोना रोकथाममा १५ दिनको तलव दिने

बुटवल – नेपाली काँग्रेसको संघीय संसद र प्रदेश ५ प्रदेशसभा सदस्यहरुले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न आधा महिनाको पारिश्रमिक बराबरको रकम ‘कोभिड—१९ नियन्त्रण तथा रोकथाम कोष’ मा जम्मा गर्ने भएका छन् ।
प्रदेशसभा सदस्यहरुले चैत महिनाको पारिश्रमिकबाट १५ दिन बराबरको रकम प्रदेश सरकारले गठन गरेको ‘कोभिड—१९ नियन्त्रण तथा रोकथाम कोष’ मा जम्मा गर्ने निर्णय गरेका हुन् ।
प्रदेश ५ प्रदेशसभामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने १९ जना प्रदेश सभा सदस्यहरूले कोषमा उक्त रकम सहयोग गर्ने निर्णय भएको नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका कार्यवाहक नेता विरेन्द्र कुमार कनौडियाले जानकारी दिनुभयो ।
‘कोभिड—१९ नियन्त्रण तथा रोकथाम कोष’ मा जम्मा हुने उक्त रकम कोभिड–१९ को नियन्त्रण, उपचार र राहतमा मात्र खर्च हुने बताइएको छ ।
यस्तै नेपाली काँग्रेस संघीय संसद, संसदीय दलले पनि केन्द्र सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरुको १५ दिनको पारिश्रमिक बराबरको रकम दिने निर्णय गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी विशवभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजनर गर्दै नेपाल सरकारले गरेको एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक रहेको उल्लेख गर्नुभएको छ ।

सरकारको यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई नेपाली काँग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ विज्ञप्तिमा भनिएको छ ।
लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुंदा श्रमिकहरुलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने ब्यवस्थाका लागि नेपाली काँग्रेस संसदीय दललले विज्ञप्ति मार्फत नेपाल सरकारसंग आग्रह गरेको छ ।
यस्तै विज्ञप्ति मार्फत यस विषम परिस्थितिमा सम्पुर्ण नेपालीहरु एकजुट भई धैर्यताका साथ चुनौतिको सामना गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij