बुटवल
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वुटवल ११ स्थित हात्तिसुढ बस्ती सुकुम्बासी टोलका विपन्न परिवारलाई राहत बितरण गरेको छ ।
कोरोनाका त्रासका कारण लक डाउनका समयमा हातमुख जोर्न समस्यामा परेका सोहि टोलमा बस्ने ७० परिवारलाई राहत बितरण गरिएको समाजका रुपन्देही सभापति डीपी खनालले बताउनुभयो ।
५० हजार मुल्य बराबरको राहत सामग्री सहयोग गरिएको छ । उनीहरुलाइ चामल, तेल, नुन, आलु,सोयाविन, साबुन, चाउचाउ, र मास्कसहितका सामान बितरण गरिएको हो ।

शान्ति समाजले बिहान बेलुका छाक टार्न समस्यामा परेकाहरुलाइ मानवीयताको हिसावले खाद्यान्न बितरण गरिएको समाजका कन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले बताउनुुभयो ।
सो अबसरमा रुपन्देही शाखा सभापति डिपी खनाल, प्रेस युनियनका निबर्तमान सभापति बिक्रम खड्का, समाजका सचिव अर्जुन ज्ञवाली, सह सचिव कपिल ज्ञवाली,सदस्य कृष्ण पाण्डे, हात्तिसुढ बस्ती सुकुम्बासी टोलका अध्यक्ष भिमसेन श्रेष्ठ सहितको टोलिले राहत सामग्री प्रदान गरेको हो ।
कोरोनाको त्रासका बिचमा बिपन्न बर्गले राहत पाएपछि खुसी ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्