कोरोना नियन्त्रणका लागि बु.उ.म.पा. वडा नं १७ मा औषधि छर्कियो

कोरोना नियन्त्रणका लागि बु.उ.म.पा. वडा नं १७ मा औषधि छर्कियो

मोतीपुर-विश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरसबाट विश्व आक्रान्त बनिरहेको  बेला कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आज बुटवल उपमहानगरपालिका वडा नं १७ मा औषधि छर्किएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १७ र अशोक क्लिनिकको संयुक्त आयोजनामा वडाको रानिगजं ,शिबनगर,हरिहरपुर,बगर टोल,पिडिखोला टोल लगायत ठाउहरुमा औषधि छर्किएको हो ।


यस्तै वडाले कोरोना भाइरस ९कोभिड–१९० सहित अन्य संक्रमणको सम्भाव्तालाई मध्यनजर गर्दै किटनाशक औषधि छर्किएको वडा अध्यक्ष सन्त बहादुर रानाले बताउनुभयो ।


अहिलेको अवस्थामा कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नु अति आवश्यक भएकोले वडाका बासिन्दाहरुलाई राहत दिन औषधि छर्किएको अशोक क्लिीनिकका रिम बहादुर सुनारले बताउनुभयो ।


वडा अध्यक्ष सन्त बहादुर राना,वडाका कर्मचारी सहित वडा सदस्य एमकलि सुनार ,देबि प्रसाद काफ्ले ,जनप्रतिनिधि, जंग बहादुर खत्रि टोल बिकास संस्थाका अध्यक्ष लगायतको उपस्थीतिमा वडाहरुमा किटनाशक औषधि छर्किएको वडा सदस्य एमकलि सुनारले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij