नेपालमा कोरोना भाइरस संक्रमण दोस्रो चरणमा,क्‍वारेन्टाइनमा अनिवार्य बस्‍न आग्रह

नेपालमा कोरोना भाइरस संक्रमण दोस्रो चरणमा,क्‍वारेन्टाइनमा अनिवार्य बस्‍न आग्रह

काठमाडौं

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा पुगेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यस्तो बताएका हुन्।  देवकोटाले स्थानीयमा संक्रमण फैलिएसँगै नेपाल कोरोना संक्रमण फैलावटको दोश्रो चरणमा प्रवेश गरेकाले विदेशबाट आएकाहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा बसिदिन पनि अनुरोध गरेका छन्।  नेपालमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएकोमा एकजना ट्राभल हिस्ट्री नै नभएकी महिला रहेको पनि उनले जानकारी दिए।  यो चरणलाई स्पोराडिक केस अर्थात् ‘छिटपुट घटना’ भनिन्छ। यो चरणमा एक वा एक भन्दा बढी संक्रमितहरु ‘इम्पोर्टेड’ वा स्थानीयस्तरमा भेटिन्छन्। कैलालीमा भेटिएको त्यसकै उदाहरण हो। संक्रमित क्षेत्रबाट फर्किएका व्यक्तिहरुमा संक्रमण देखिएपछि विश्‍व स्वास्थ्य संगठनले त्यस्तो क्षेत्रलाई ‘स्पोराडिक केस’मा वर्गीकरण गरेको छ। ‘एकजना महिला संक्रमित भेटिनुभएको छ। उहाँ दुबईबाट आएका चौथोए संक्रमितको परिवारको सदस्य हुनुहुन्छ। उहाँको ट्राभल हिस्ट्री छैन’, उनले भने, ‘विदेशबाट आएका बाहेक कोरोना स्थानीयमा पनि देखिन थालेपछि अब हाम्रोमा दोश्रो चरणमा प्रवेश गरेको देखिन्छ। यो संक्रमित व्यक्तिबाट परिवारको सदस्यमा संक्रमण गएको देखिन्छ। यसलाई हामी लोकल टान्समिसन भन्छौँ।’ देवकोटाका अनुसार संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको नेपालमा यो पहिलो केस हो। ‘यसले पनि थप पुष्ट्याई के गर्छ भन्दा क्‍वारेन्टाइनमा कति अनिवार्य र कति सावधानीपूर्वक बस्नुपर्छ’, उनले भने, ‘त्यसैले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलन नदिन जो विदेशबाट आउनुभएको छ, उहाँहरु सबैले अनिवार्य  क्‍वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपाय अबलम्बन गर्नुपर्ने हुन्छ।’ देवकोटाका अनुसार अहिलेसम्म संक्रमित २ जना टेकू, २ जना बाग्लुङस्थित अस्पतालमा र ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।  पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, सनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सम्म १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ भने काठमाण्डौ उपत्यकामा १५ जना र काठमाण्डौ बाहिर ५४ गरी ६९ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij