यूएई
संयुक्त अरब इमिरेट्स यूएई को दुबईमा कार्यरत एक नेपाली महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ । १० वर्षदेखि यूएईमा कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।
मृतकका आफन्तबाट प्राप्त कागजमा मृत्युको कारण कोरोना उल्लेख भएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार सोमबार साँझसम्म बिनुको मृत्युको कारण कोरोनाको कारण हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।
बिहीबार साँझ खाना खाएर सुत्नुभएकी बिनु शुक्रबार मृत भेटिनुभएको थियो । कोठाबाटै प्रहरीले शव उठाएको थियो । तर उहाँको नाम मृत्युहुँदा सम्म पनि कोरोना सङ्क्रमितको सूचिमा थिएन भने शुक्रबार मृत्युको कारण पनि खुलेको थिएन । तर सोमबार दुबईको अल रशिद अस्पतालले बिनुको मृत्युको काराण कोरोना भाइरस भएको पुष्टि गरेको हो ।
बर दुबईको अल रफ्फा पुलिस स्टेसनमार्फत प्राप्त कागजात मृतकका श्रीमान डोलराज पराजुलीले दूतावासलाई पनि दिनुभएको छ ।
परिवारले लकडाउनका कारण बिनुको यूएईमा दाहसंंस्कार गर्ने तयारी गरिरहेको भए पनि मृत्युको कारण कोरोना देखिएपछि अस्पतालले शव दिएको छैन ।
परिवारजनबाट प्राप्त अरेबिक भाषामा लिखित पत्रलाई दूतावासकै जनसंपर्क अधिकृत ९पीआरओ० मार्फत उल्था गरिएको र त्यसमा ज्यान जानुको कारण कोरोना भाइरस उल्लेख भएको दूतावासको भनाई छ ।
४० वर्षीय बिनु यूएईम पछिल्लो एक भारतीय नागरिको घरमा घरेलु काम गर्नुहुन्थ्यो । तर उहाँ यूएईमा १० वर्षदेखि कार्यररत हुनुहुन्छ । यूएईको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ११ जना नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि गरेको छ । दुई जना भने निको भइसकेका छन् ।
प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्