गुल्मी-मंगलवार गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर ३१ वर्षीया माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी गाउँमा माईतीमा बस्दै आइरहेको र घर धुर्कोट गाउँपालिका ४ जैसीथोक भएको त्यहाँका वडाध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए । लकडाउनका बेला उनका श्रीमान भने भैरहवामा रहेको बताइन्छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्