नेपाल तरुण दल कपिलवस्तुद्धारा अतिविपन्न परिवारलाई राहत वितरण

नेपाल तरुण दल कपिलवस्तुद्धारा अतिविपन्न परिवारलाई राहत वितरण

कपिलवस्तु

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल कपिलवस्तुले विपदको यस समयमा मानवीय काम गरेका छन् । जिल्लाका अतिविपन्न परिवारलाई राहत वितरण गर्दै आएका यी २ संघले डेरागरी बस्ने विद्यार्थीलाई पनि खाद्यान्न सहयोग गरेका हुन् ।
बाहिरी जिल्लाबाट अध्ययनको शिलशिलामा कपिलवस्तु आएका कतिपय विद्यार्थी लकडाउनका कारण मर्कामा परेको भन्दै उनिहरुलाई चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न सामाग्री वितरण गरिएको नेपाल तरुणदल जिल्ला अध्यक्ष शक्ती सिंह ठकुरीले जानकारी गराउनुभएको छ । यसका साथै लागु औषध दुब्र्यसनमा फसेर राजेश आस्था फाउन्डेसनमा उपचाररत युवालाई पनि विभिन्न खाद्य सामाग्री प्रदान गरिएको तरुणदल छेत्रीय अध्यक्ष तिलक थापाले बताउनुभयो ।
विपदको समयमा सहयोग गर्नुनै मानविय धर्म भएको भन्दै कोहीपनि भोकभोकै बस्नुनपर्ने नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो । नगरपालिकाले विपन्नलाई राहत वितरण गरेपनि सिफारिसमा पर्न नसकेका विपन्न परिवारलाई आफुले सहयोग गर्दै आएको पोख्रेलले बताउनुभयो ।
कोरोनाले मुलुक लकडाउन भएको र यस्तो समयमा विपन्न मजदुरलाई छाक टार्न समस्या परेको भन्दै उनिहरुलाई सक्दो सहयोगगर्ने उहाले बताउनुभयो । नेविसंघ तथा तरुणदलले राजेश आस्था फाउन्डेसनमा उपचारत ३० जना मध्ये ३ जना विद्यार्थी र उप्टहवामा कोठा भाडा गरि बस्ने १५ घर धुरिलाई खाद्यान्न वितरण गरिएको हो ।
यदि डेरागरी बस्ने कुनैपनि विद्यार्थीलाई आर्थिक समस्या आफुहरुलाई जानकारी गराउन आग्रह गरेको छ । त्यस्ता विद्यार्थीलाई पनि सहयोग गर्ने सहयोग गर्ने नेविसंघका इकाई सभापति दिनेश छेत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

प्रकाशित मिति : शुक्रबार, चैत्र २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij