सैनामैनामा दोस्रो चरणको राहत वितरण जारी , नगप्रमुख कार्की सहितको टोली वडा वडामा

सैनामैनामा दोस्रो चरणको राहत वितरण जारी , नगप्रमुख कार्की सहितको टोली वडा वडामा

सैनामैना ।

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की राहत वितरण गर्न वडा वडामा पुग्नुभएको छ । पहिलो चरणको राहत वितरणमा केही गुनासो आएको सूचना पाएपछि नगर उपप्रमुख बिना राना,सुचना अधिकृत सहितको टोली लिएर प्रमुख कार्की आफै राहत वितरण गर्न वडा वडामा पुग्नुभएको हो ।

दैनिक ज्यालादरी गरी छाक टार्ने परिवार र पहिलो चरणमा राहत वितरण गर्दा छुटेका परिवारहरुलाई दोस्रो चरणमा राहत वितरण गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ ।  दोस्रो चरणमा १ हजार ९ सय ३३ विपन्न परिवारको लगत संकलन गरिएको र तिनै परिवारका लागि राहत बोकेर मंगलबार बिहानैदेखी वडा वडामा पुगेको नगरप्रमुख कार्कीले बताउनुभयो ।

नगर प्रमुख कार्कीले चामल २५ हजार ४ सय ३१ किलो, १ हजार ९ सय ३३ किलो दाल, १ हजार ९ सय ३३ किलो नुन, १ हजार ३३ किलो चिउरा, १ हजार ९ सय ३३ लिटर खाने तेल र १ हजार ९ सय ३३ वटा हात धुने साबुन दोस्रो चरणमा वितरण गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले अत्यावश्यक परेको खण्डमा भने तत्कालै राहत दिनसक्ने गरी संयन्त्र तयार पारिएको कार्कीले उल्लेख गर्नुभयो ।

परिवारको संख्याका आधारमा कम्तिमा दश दिनलाई पुग्ने खाद्यान्न वितरण गरिएको उपप्रमुख रानाको भनाई छ ।

उपप्रमुख बिना राना, सुचना अधिकृत केशव अर्यालसहितको टोली लिएर प्रमुख कार्की मंगलबार बिहानैदेखि राहत सहित टोलटोलमा पुगेको देखिपछि स्थानीयले सो कार्यको प्रसंशा गरेका थिए ।

नगरपालिकाले दिएको तथ्यांकमा वडा नं. १ मा ३ सय ९०, वडा नं. २ मा १ सय १८, वडा ३ मा १ सय २७, वडा ४ मा १ सय ९५ तथा वडा ५ मा १ सय ४१, वडा नं. ६ मा २ सय ३४, वडा ७ मा ७  सय ९ जनालाई राहत वितरण गर्न लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । यसैगरी वडा नं. ८ मा ८९ जना, वडा नं. ९ मा २ सय  ५३ , वडा नं. १० मा १ सय  ५६  र वडा नं. ११ मा १ सय ५१ घरपरिवारका लागि दोस्रो चरणको राहत वितरण गरिने छ ।

यस अघि दुई हजार आठ घर परिवारलाई पहिलो चरणमा राहत वितरण गरि सकिएको नगरपालिकाले जनाएको छ ।

नगरका ११ वटै वडाका विपन्न तथा दैनिक ज्यालादारीका काम गरेर जीविकोपार्जन गर्दै आएकाहरुको संख्या कति रहेछ भनी सुरुमै लगत संकलन गरिएको थियो । वडा र टोलविकास संस्थामार्फत त्यस्ता समुदायको लगत संकलन गराएपछि नगर प्रमुख कार्की आफैले पनि अनुगमन गर्नुभएको थियो ।

कोरोना भाइरस कोभिड १९ को जोखिमबाट बच्नका लागि नगरपालिकाले विभिन्न प्रयासहरु जारी राखेको छ । नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको पहलमा अलपत्र परेका करिब ७५ जनालाई एक रात बस्ने व्यवस्था मिलाई आइतबार यातायाको व्यवस्थापन गरी घरतर्फ पठाएपछि नगरको चौतर्फी प्रंशसा भएको थियो ।

प्रकाशित मिति : बुधबार, बैशाख ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij